टेलिभिजन होस्टबाट बिदा लिँदै आदित्यनारायण | Khabarhub Khabarhub

टेलिभिजन होस्टबाट बिदा लिँदै आदित्यनारायण


५ श्रावण २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(नवभारत टाइम्स)– गायक तथा ‘इण्डियन आइडल–१२’ का होस्ट आदित्य नारायण झाले सन् २०२२ पछि होस्टिङ नगर्ने बताएका छन् । आदित्यले हालसम्म करिब १२ रियालिटी शोको होस्ट गरिसकेका छन् ।

आदित्यले आफूमा जिम्मेवारी बढ्दै गएको र अझ अगाडि बढ्न चाहेकाले होस्टको काम छोड्ने बताएका छन् । ‘टेलिभिजनमा सन् २०२२ मेरा लागि होस्टको अन्तिम वर्ष हुनेछ । अब केही ठूलो काम गर्ने समय आइसकेको छ । मेरो केही अगाडिकै प्रतिबद्धता छन्, जुन आगामी महिनामा पुरा हुनेछन् । मेरो यो उद्योगमा राम्रो सम्बन्ध छ । अहिले मैले बीचमै छोडें भने सबैले मलाई बीचमै छोडिएको हवाइजहाज बनाउछन्’, उनले भनेका छन् ।

उनले टेलिभिजनमा काम सुरु गर्दा आफू सानो उमेरको रहेको र आगामी वर्षसम्ममा आफू एक बाबु बनिसक्ने तर्क गरे । उनले आगामी दिनमा कुनै गेम शोको हिस्सा बन्ने या कुनै शोको निर्णायक बन्ने खुलाए ।

प्रकाशित मिति : ५ श्रावण २०७८, मंगलबार  १२ : १५ बजे

दैनिक एक हजार थान राहदानी उपलब्ध गराइने

काठमाडौं– राहदानी विभागले दैनिक एक हजार थान राहदानी वितरण गरिने

पर्यटक बोलाउन ‘जाउँ है बेगनास पोखरा’ कार्यक्रम

गण्डकी– होटल तथा रेष्टुरेन्ट एशोसिएसन, लेखनाथको आयोजना एवम् नेपाल पर्यटन

प्रिमियर लिग : बोर्नमाउथविरुद्ध म्यानचेस्टर सिटीको सानदार जित

काठमाडौं – प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा म्यानचेस्टर सिटीले

एक महिनामा एक लाख २८ हजार पर्यटक नेपाल भित्रिए

काठमाडौं– यस वर्षको अक्टोबर महिनामा एक लाख २८ हजार ४४३

डाइलाइसिस सेवाले मिर्गौला पीडितलाई राहत

बागलुङ– मिर्गौलाको नियमित डायलाइसिस गराउँदै आएका स्थानीय टेकनाथ शर्माले जिल्लाकै