नगरपालिकाको स्वास्थ्य शिविरबाट ५२८ बिरामी लाभान्वित, पुरुषभन्दा महिला धेरै « Khabarhub

नगरपालिकाको स्वास्थ्य शिविरबाट ५२८ बिरामी लाभान्वित, पुरुषभन्दा महिला धेरै


२९ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बेनी– म्याग्दीको बेनी नगरपालिका– ३ भकिम्लीमा सम्पन्न बृहत स्वास्थ्य शिविरबाट ५ सय २८ बिरामीले निःशुल्क उपचार सेवा प्राप्त गरेका छन् ।

बेनी नगरपालिकाको आयोजना र बेनी अस्पतालको प्राविधिक सहयोगमा आयोजित शिविरमा भकिम्लीका विभिन्न बस्तीबाट बालबालिकादेखि वृद्धवृद्धाले स्वास्थ्य सेवा लिएका  बेनी नगरपालिकाका प्रवक्ता रामकृष्ण बराइलीले जानकारी दिए ।

‘स्वास्थ्य सेवामा सर्वव्यापी पहुँच, सबैका लागि स्वास्थ्य’ भन्ने मूल नारासहित सञ्चालित बृहत तथा निःशुल्क स्वास्थ्य शिविरबाट ४ सय ९ जना महिला र १ सय १९ पुरुषले सेवा लिएका प्रवक्ता बराइलीले बताए ।

उनका अनुसार शिविरमा १ सय ८ जनाले भिडियो एक्सरे, ९९ जनाले सुगर परीक्षण र २९ जनाले दाँतसम्बन्धी सेवा लिएका थिए । बेनी नगरपालिकाले चालू आर्थिक वर्षमा वडा नम्बर ३, ४ र ९ मा स्वास्थ्य शिविर सञ्चालन गर्न ८ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो ।

शिविरमा ६१ महिलाको पाठेघरको जाँच र क्यान्सर रोगको परीक्षण समेत गरिएको थियो ।

बेनी अस्पतालका डा नवराज बस्ताकोटीको नेतृत्वको चिकित्सक तथा स्वास्थ्यकर्मीको टोलीले बिरामीलाई सेवा प्रदान गरेको थियो । पछिल्लो समय चिनी रोगका बिरामी बढ्दै गएको पाइएको हुँदा खानपानमा ध्यान दिनुपर्ने, शारीरिक व्यायाम गर्नुपर्ने र नियमितरूपमा औषधि सेवन गरे यो रोगलाई न्यूनीकरण गर्न सकिने डा बस्ताकोटीले बताए ।

प्रकाशित मिति : २९ बैशाख २०७६, आइतबार  १० : ४२ बजे

इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित

मुस्ताङ– राष्ट्रिय गौरवको बेनी–जोमसोम सडक अवरुद्ध भएसँगै मुस्ताङमा पेट्रोलियम पदार्थ

बाढीमा मृत्यु तथा बेपत्ता राष्ट्रसेवकका परिवारलाई २५ हजार राहत

त्रिशूली – भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीमा परी मृत्यु तथा

‘गगनले सकेनन्, कांग्रेसलाई एक बनाएर म देखाउँछु’

काठमाडौं- नेपाल विद्यार्थी संगठनका पूर्वअध्यक्ष एवम् नेपाली कांग्रेसका पूर्वमहामन्त्री किशोर

म्याग्दीका पहिरो प्रभावित क्षेत्रमा भूगर्भविद्को अध्ययन सुरु

म्याग्दी– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयमा नेपाल भौगर्भिक

चितवनका १०१ पत्रकारको आँखा परीक्षण

चितवन– नेपाल नेत्रज्योति सङ्घ चितवनद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालमा आज