तीन नयाँ मोडेलसहित ग्रेट वाल मोटर्स नेपाली बजारमा | Khabarhub Khabarhub

तीन नयाँ मोडेलसहित ग्रेट वाल मोटर्स नेपाली बजारमा


५ श्रावण २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ग्रेट वाल मोटर्स (HL8AN’PD) नेपाली बजारमा तीन नयाँ मोडेलका गाडीको साथमा प्रवेश गरेको छ । उच्च गुणस्तरयुक्त प्रविधि, उत्कृष्ट कार्य प्रदर्शन तथा आरामदायी सवारका लागि ग्रेट वाल मोटर्सका गाडी पर्यायवाची नैं बनिसकेका छन् ।

नेपालको अटोमोटिभ डिलरशिप क्षेत्रमा विविध अनुभव बोकेको बिशाल ग्रुपको सहायक संस्था भीजी इम्पेक्स प्रालि नेपालमा ग्रेट वाल मोटर्सका लागि आधिकारिक विक्रेता हो । विभिन्न क्षेत्रमा सफलता संगालेको अनुभवलाई उपयोग गर्दै भीजी इम्पेक्सले HL8AN’PDसँग सहकार्य गर्दै अहिले दुईवटा एसयूभी र एक पिक–अप मोडेल बजारमा ल्याएको छ । यी तीनै वटा गाडी आफ्नो समूहमा नौलो र उत्कृष्ट रहनेमा कम्पनी विश्वस्त छ ।

ग्रेट वाल मोटर्सको शोरुम थापाथलीमा अवस्थित छ र निकट भविष्यमा उपभोक्तालाई उच्चस्तरको अनुभव दिन देशभरि नैं शो ? मह ? को बृहत संजाल फैलाउने योजना रहेको छ । हालको अवस्थामा सुधार आउनासाथ ग्रेट वाल मोटर्सले नविन तरिकाले आफ्ना ब्राण्ड र सामान उपभोक्ता माझ प्रस्तुत गर्ने छ । यस अतिरिक्त उच्चस्तरीय सर्विस सेन्टरको पनि निकट भविष्यमा निर्माण गरिंदैछ । भीजी इमपेक्सले ग्रेट वाल मोटर्सको ४ एस सर्भिसेस (सेल्स, सर्भिस, स्पेयर्स र सर्वे (कस्टमर केयर)) मा विशेष ध्यान दिदैं अन्तराष्ट्रिय स्टाण्डर्डको सर्भिस सेन्टर पनि स्थापना गर्ने भएको छ ।

3rd Gen. HAVAL H6
यो गाडी एसयूभी वर्गमा सुविधा र लक्जरीको बेजोड नमूना हुनुका साथै शक्ति र विलासिताको अनुपम संगम पनि हो । २.० लिटरको दमदार टर्बो पेट्रोल इन्जिनले अधिकतम आउटपुट दिन्छ । १५० केडब्लु शक्ति र ३२० एनएम टोर्क डिस्प्लेसमेन्टले अर्कै खाले अनुभुति प्रदान गर्दछ ।

यसको हाइयर ग्राउण्ड क्लीयंरेसले नेपालकोे खाल्डो खुल्डी भएको सडकमा पनि आरामदायी सवारीको अनुभव गराउनका साथै रफ सडकबाट गाडीलाई सुरक्षित राख्दछ । ७२ प्रतिशत उच्च गुणस्तरको स्टीलले बनेको यो गाडीको बनावटले, यस गाडीलाई अर्कै खाले स्थीरता र मजबुती प्रदान गर्दछ ।

यसको बाहिरी र भित्री सुन्दरता पनि उत्तीकै राम्रो छ । पानोरामिक सनरुफ, अटोमेटिक वाईपर, मल्टि फंसनल स्टेरिंग, आठ तरिकाले मिलाउन मिल्ने ड्राईभर सीट, तार रहित चार्जिङ्गले गाडीलाई नयाँ स्वरुप दिन्छ । साथै आठ वटा एअर व्याग, ३६० डिग्री हेर्न मिल्ने क्यामेरा, एचएचसी (हिल होल्ड कन्ट्रोल) एबीएस ईबीडी सुविधा र एन्टी–कोलिजन संयन्त्र जस्तै एससीएम (सेकेण्ड कोलिजन संयन्त्र) र एफसीएम (फर्वार्ड कोलिजन संयन्त्र) ले दुर्घटनाको सम्भवानालाई घटाउँछ ।

ईन बिल्ट इन्टेलिजेन्ट मोबिलिटीले अधिकतम स्पीडमा एल–२ स्तरको अटोमेटिक एसीसी ड्राईभको आनन्द दिन्छ । ट्राफिक सिग्नल चिन्ने र लेनमा रही रहने व्यवस्थाले गाडी गुडाउने चालकलाई सुरक्षा र गाडी माथि आफ्नो पूर्ण नियन्त्रणमा भएको अनुभुति दिनेछ । गाडीको भित्री बनावट, लेदर सिट एवं बढी लेग स्पेसले आफू एउटा शान्दार सवारीमा विराजमान छु भन्ने अनुभुति गराउँदछ ।

प्रारम्भिक मूल्य ९६,९९,९९९/- भएको यो गाडी तीनवटा रंग हेमिल्टन व्हाईट, अयेर्स ग्रे र अत्लान्तिस ब्लुमा नेपालमा उपलब्ध हुनेछन् । यो गाडीले नेपालको अटो बजारलाई पूनः परिभाषित गर्ने कुरामा कम्पनि विस्वस्त रहेको छ ।

HAVAL JOLION
यो मोडेल पनि तीनवटा संस्करणमा प्रस्तुत गरिंदै छ । १.५ लिटरको दमदार टर्बो पेट्रोल इन्जिनले ११० केडब्लु शक्ति र २२० एनएम टोर्क डिस्प्लेसमेन्टले अधिकतम आउटपुट दिन्छ । बढी ग्राउण्ड क्लीयरंसले नेपाली सडकमा गाडी गुडाउने अनुभवलाई अर्कै स्तरमा पुर्‍याउने कम्पनिको दावी रहेको छ ।

चार किसिमको ड्राईभ मोड, इलेक्ट्रिक पार्किङ्ग ब्रेकिङ्ग र ७३ प्रतिशत उच्च गुणस्तरको स्टीलले बनेको यो गाडीको बनावटले, यस गाडीलाई अर्कै खाले स्थीरता, मजबुती र सुरक्षा प्रदान गर्दछ । यस बाहेक यो गाडीले पानोरामिक सन?फ, अटोमेटिक वाईपर, मल्टि फंसनल स्टीरिंग र पैडल शिफ्टर, छ तरिकाले मिलाउन मिल्ने ड्राइभर सिट, आठवटा एअर व्याग, नपा लेदर सिटले सुरक्षा र विलासिताको एउटा उदाहरण हो ।

यस बाहेक एबीएस, एचएचसी र एचडीसी (हिल होल्ड कन्ट्रोल र हिल डिसेन्ट कन्ट्रोल), ड्राईभर ड्रावजीनेस डिटेक्सन र ईवेन्ट डाटा रिकोडर र एन्टी–कोलिजन संयन्त्र जस्तै एससीएम (सेकेण्ड कोलिजन संयन्त्र ) ले समयानुसार कन्ट्रोल गरेर जोखिम न्युनिकरण गर्दछ ।

टच स्क्रीन, अगाडि एलईडी लाइटिङ्ग र पछाडी फोग लाईट आदिले गाडी चलाउने अनुभवलाई उत्कृष्ट बनाउँछ । यो गाडी पाँच वटा रंगह? ब्लु, ब्लैक, ग्रे, हेमिल्टन व्हाईट र मार्स रेडमा उपलब्ध हुनुका साथै प्रारम्भिक मूल्य ?.५५,४९,९९९/- मा बजारमा उपलब्ध छ ।

POER पिक–अप
यो मोडेल दुईवटा संस्करण एलीट र पाईलटमा बजारमा उपलब्ध हुनेछ । २.० लिटरको डिजल इन्जिनले अधिकतम आउटपुट दिन्छ । १२० केडब्लु शक्ति र ४०० एनएम टोर्क डिस्प्लेसमेन्टले अर्कै खाले अनुभुति प्रदान गर्दछ । बढी ग्राउण्ड क्लीयरेन्सले नेपाली सडकमा गाडी गुडाउने अनुभवलाई विशेष आरामदायी अनुभुति प्रदान गर्ने कम्पनिको दावी रहेको छ ।

८४ प्रतिशत उच्च गुणस्तरको स्टीलको बडीले गाडीलाई अधिक भारवहन क्षमता, स्थीरता र मजबुती प्रदान गर्दछ । सनरुफ पनि पिक–अप गाडीमा पहिलो पटक यसमा रहने छ । यसमा साँचो रहित स्टार्ट गर्ने नयाँ सुविधा पनि पहिलो हो । छ तरिकाले मिलाउन मिल्ने ड्राईभर सिट, आठवटा एअर व्याग, नपा लेदर सिटले सुरक्षा र विलासिताको एउटा उदाहरण हो ।

यस अतिरिक्त एबीएस, एचएचसी र एचडीसी (हिल होल्ड कन्ट्रोल र हिल डिसेन्ट कन्ट्रोल), भेहिकल स्टेबिलिटी कन्ट्रोलले गाडीलाई अधिक स्थीरता प्रदान गर्दछ । स्पीड वार्निंग सिस्टमले गति माथि नियन्त्रण गर्न मद्धत गर्छ । ९ इन्चको टच स्क्रीन र एन्ड्रोइड सपोर्टले राम्रो अनुभव दिनेछ । अगाडि एलईडी लाईटिंग र पछाडी फोग लाईट आदिले गाडी चलाउने अनुभवलाई रमाइलो बनाउने छ । यस गाडीको प्रारम्भिक मूल्य ६४,९९,९९९/- मा बजारमा उपलब्ध छ ।

लगातार धेरै वर्षदेखि, HL8AN’PD का एसयूभी तथा पिकअपले चिनियाँ बजार बिक्री नेतृत्व गरिरहेको छ । यो एक विश्वस्तरमा आफ्नो उपस्थिति बनाउने पहिलो चीनियाँ अटोमोबाईल कम्पनि हो ।

HL8AN’PD ले सन् १९९८ देखि अटोमोबाइल निर्यात गर्न सुरु गरको थियो, विशेष गरी एसयूभी र पिकअप ट्रक । चीन बाहेक, फर्मले ६० भन्दा बढी देशहरूमा ५०० भन्दा बढी वितरकहरूको अन्तर्राष्ट्रिय नेटवर्क मार्फत आफ्ना उच्च–गुणस्तरका मोटर गाडी वितरण गर्दछ । कम्पनीले विश्वव्यापी रूपमा एक नयाँ वर्चस्व स्थापित गरेको छ भने नेपालमा पनि यही परम्परालाई कायम गर्ने नेपालिको मनमा बस्ने विश्वास लिएको छ ।

यसका साथै ग्रेट वाल मोटर्सले निकट भविष्यमा ओरा बिद्यतीय गाडी एक नयाँ युगको विद्युतीय कार नेपाली बजारमा ल्याउँदै छ । त्यस पछि विन्गले पिक–अप पनि ल्याउने तयारीमा छ ।

हामी विश्वस्त छौं कि उपभोक्ताले हाम्रा नयाँ प्रस्तुतीह?लाई उत्साह र उमंगका साथ अंगाल्ने छन् ।

प्रकाशित मिति : ५ श्रावण २०७८, मंगलबार  २ : ४५ बजे

गण्डकीमा मन्त्रिपरिषद् विस्तार, दुई मन्त्रीद्वारा सपथ

गण्डकी– गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले ऊर्जा, जलस्रोत तथा

टुँडिखेलमा बेरोजगारलाई थरीथरीका ‘अफर’

काठमाडौं– टन्टलापुर घाममा काठमाडौंको टुँडिखेलमा हातमा कागजको टुक्रा बोकेर लाइनमा

काठमाडौं उपत्यकासहितमा चर्को हावाहुरी, केही स्थानमा पानी पर्ने

काठमाडौं – काठमाडौं उपत्यकासहितका जिल्लाहरूमा चर्को हावाहुरी चलिरहेको छ ।

बाग्मती प्रदेशसभाका विषयगत समितिहरू सभापतिविहीन

बाग्मती– बाग्मती प्रदेशसभाअन्तर्गतको पाँचवटै विषयगत समिति लामो समयदेखि नेतृत्वविहीन छ