संसद पुनर्स्थापनासँगै संसदीय समिति पनि सक्रिय « Khabarhub

संसद पुनर्स्थापनासँगै संसदीय समिति पनि सक्रिय


५ श्रावण २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सर्वोच्च अदालतको आदेशसँगै प्रतिनिधिसभा पुनर्स्थापना भएपछि संसदीय समितिहरु पनि क्रियाशिल हुन थालेका छन् ।

यसै क्रममा मंगलबार प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था समिति बैठक बसेको थियो । सिंहदरबारमा बसेको बैठकले अख्तियार, निर्वाचन आयोग र लोकसेवा आयोगको प्रतिवेदनलाई संसदमा पेश गर्ने निर्णय गरेको छ ।

समिति सभापति शशि श्रेष्ठले उक्त प्रतिवेदनमा आएका सुझावहरुलाई समेट्न समिति सचिवलाई निर्देशन दिएको र समितिले सबै सुझावलाई समेटेर तयार पारेपछि प्रतिवेदन संसदमा पेश गरिने बताइन् ।

उनले उपसमितिमा छलफल भएको प्रतिवेदनलाई समितिमा दफावार छलफल गर्न आवश्यक नरहेको तर सांसदहरुले राखेका सुझावहरुलाई भने समावेश गरिने जानकारी दिइन् ।

बैठकका सांसदहरुले प्रतिवेदनलाई पुन: समितिमा दफावार छलफल हुनुपर्ने धारणा राखेका छन् । सांसद रेखा शर्माले उपसमितिले समितिमा प्रतिवेदन बुझाइसकेको अवस्थामा अब त्यसलाई समितिले आवश्यक सुझाव समेटेर अघि बढाउनुपर्ने बताइन् ।

त्यस्तै सांसद विजय सुब्वाले उपसमितिबाट आएका प्रतिवेदनलाई पुन: समितिमा दफावार छलफल गरेरमात्र अघि बढाउन उचित हुने धारणा राखेका थिए ।

त्यस्तै अन्य सांसदहरुले आवश्यक परिमार्जन र सुझावलाई समेटेर मात्र अघि बढाउनुपर्ने धारणा राखेका थिए ।

प्रकाशित मिति : ५ श्रावण २०७८, मंगलबार  ३ : १९ बजे

रविले डाकेको बैठकमा यी चार मन्त्रीबारे सांसदले उठाए प्रश्न, ‘स्टन्ट’मात्रै गर्ने भए राजीनामा दिएर जान दबाब

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बोलाएको संसदीय

सरकारी जग्गा व्यक्तिको नाममा, दर्ता बदर गर्न माग

भक्तपुर– साविक दुवाकोट गाविस–८ (ख), हाल चाँगुनारायण नगरपालिका–१ स्थित करिब

भोट फिर्ताबारे गृहमन्त्रीको जवाफ : आफ्नो क्षेत्रका मतदातासँग ‘जोक’ गरेको थिएँ

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले हालै गृहजिल्ला गोरखामा ‘भोट फिर्ता लैजानुस्’ भनेर

खाडी मुलुकलाई इरानको चेतावनी 

तेहरान- इरानले अमेरिकी सेनालाई सहयोग गर्ने वा आफ्नो भूभाग सैन्य गतिविधिका

तीन वर्षीया नाबालिकाको बलात्कारपछि हत्या, १६ वर्षीय किशोरले चकलेट दिएर फकाउँदै लगेका थिए

सिमरा- बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरमा तीन वर्षीया नाबालिकाको जबरजस्ती करणीपछि