‘सुपर डान्सर’बाट बिदा भइन् शिल्पा « Khabarhub

‘सुपर डान्सर’बाट बिदा भइन् शिल्पा


५ श्रावण २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(दैनिक जागरण)– बलिउड अभिनेत्री शिल्पा शेट्टीका पति राज कुन्द्रालाई अश्लील फिल्म बनाएको मामलामा सोमबार राती पक्राउ गरेपछि यसको असर अभिनेत्री शिल्पाले भोगिरहनु परेको छ ।

शिल्पा हालका दिनमा डान्स रियालिटी शो ‘सुपर डान्सर च्याप्टर ४’ निर्णायक थिइन् । तर अब यो पति पक्राउ परेपछिको मामलाले शिल्पाले यो स्थान जोगाउन सकिनन् ।
शिल्पा यो शोको आगामी भागमा देखिने छैनन् । यसको कारण उनको पति राजको पक्राउलाई प्रमुख मानिएको छ ।

‘सुपर डान्सर च्याप्टर ४’को आगामी भागको सुटिङ मंगलबार हुनुपर्ने थियो । तर अन्तिम क्षणमा शिल्पाले सुटिङ सेटमा आउन अस्वीकार गरिन् । यो घटनालाई निर्माताले शिल्पा आफैं शोबाट बिदा लिएको रुपमा बुझेका छन् ।

यद्यपि शिल्पा के कारणले शोमा आउन चाहिनन् भन्ने कुरा केही खुलाएकी छैनन् । तर पति राज पक्राउ परेपछि उनी चिन्तित बनेको हुनसक्ने अनुमान गरिएको छ ।

शोको आगामी भागमा शिल्पाको स्थानमा अभिनेत्री करिश्मा कपूरले विशेष निर्णायकको रुपमा आफ्नो उपस्थिति जनाउदैछिन् । निर्माताले करिश्मा कपूर, गीता कपूर र अनुराग बसुका साथ शोको सुटिङ पुरा गरिसकेका छन् । यसअघि शिल्पाले मे महिनामा शोबाट केही दिनका लागि ब्रेक लिएकी थिइन् । यो बेला उनको स्थानमा मलाइका अरोडा आएकी थिइन् ।

प्रकाशित मिति : ५ श्रावण २०७८, मंगलबार  ५ : २२ बजे

कारागारका कैदीबन्दीद्वारा रसुवा बाढीपीडितलाई राहत

काठमाडौं– काठमाडौको सुन्धारास्थीत केन्द्रीय कारागारमा रहेका कैदीबन्दीहरुले रसुवा बाढी पीडितका

बाढी प्रभावित क्षेत्रमा एकीकृत पुनर्निर्माणका लागि यूएनओपीएसले सहयोग गर्ने

काठमाडौं– रसुवामा बाढीबाट क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माण तथा दीर्घकालीन एकीकृत विकासका

गाजामा इजरायली आक्रमण, एकै परिवारका चार जनाको मृत्यु 

एजेन्सी– गाजामा विहीबार भएको इजरायली आक्रमणमा दुई बच्चासहित एउटै परिवारका

राष्ट्रपति कार्यालयका प्रवक्ता भन्छन् : कोही पनि मन्त्री बन्नेबारे हामीलाई पत्र आएको छैन

काठमाडौं- राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले कोही पनि मन्त्री बन्ने

मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौं- मन्त्रिपरिषद् बैठक सुरु भएको छ । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री