देश र जनतालाई केन्द्रमा राखेर काम गर्ने महान्यायाधिवक्ता खातीको प्रतिबद्धता « Khabarhub

देश र जनतालाई केन्द्रमा राखेर काम गर्ने महान्यायाधिवक्ता खातीको प्रतिबद्धता


५ श्रावण २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– महान्यायाधिवक्ता खम्मबहादुर खातीले देश र जनतालाई केन्द्रमा राखेर काम गर्ने बताएका छन् ।

रिपोटर्स क्लब नेपालले मंगलबार आयोजना गरेको साक्षात्कारमा उनले आफू सधैँ जनताको हितमा र संविधानअनुसार कार्य गर्न तयार भएको बताएका हुन् । आफूसँग काम गर्ने ऊर्जा र क्षमता रहेको उनको भनाइ छ ।

धेरैले कम उमेरको भएकाले कसरी काम गर्न सक्छ भनेर प्रश्न उठाइरहेको उल्लेख गर्दै उनले सही तरिकाले काम गरेर देखाउने दृढता व्यक्त गरे । उनले विधिको शासन, संघीय लोकतान्त्रिक गणतन्त्रको सोच अनुरुप आफूले प्रधानमन्त्री शेरबहादुर देउवालगायत नेपाल सरकारलाई कानुनी सल्लाह दिने बताए । जस्तोसुकै अनुकूलता र प्रतिकूलतामा पनि अविचलित रही काम गर्ने खातीले बताए ।

उनले मिडियाको भूमिका निकै महत्वपूर्ण हुने भन्दै आफूलाई मिडिया क्षेत्रबाट आउने सल्लाह, सुझाव र निर्देशन समेत स्वीकार्य हुने बताए ।

प्रकाशित मिति : ५ श्रावण २०७८, मंगलबार  ८ : २९ बजे

भारत–बङ्गलादेश आर्थिक सहकार्यमा जोड

ढाका- भारत र बङ्गलादेशबीच कूटनीतिक सम्बन्धमा अनिश्चितता कायम रहे पनि दुवै

प्रधानमन्त्री एक्लिएको फेसबुके स्टाटसबारे रविको जवाफ : उहाँ त गीतकार पनि हो नि !

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले तत्कालै वालेन्द्र शाह

एक वर्षमा चौध करोडको जडीबुटी निर्यात

झापा– एक वर्षमा १४ करोड छ लाख ८३ हजार रुपैयाँको

आशिकालाई प्रश्न : हिजो किन रिसाउनु भयो ? जवाफमा भनिन् : पिशाव फेर्न जान नपाउनू

काठमाडौं- मंगलबार बसेकव प्रतिनिधिसभा बैठकमा सभामुख डोलप्रसाद अर्यालसँग रिसाएर हिँडेकोबारे

स्वर्णिमले बिजुलीमा भ्याट लगाए, अब विराजभक्तले महसुल घटाउँदै

काठमाडौं- चालु आर्थिक वर्षको बजेटमार्फत् अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बिजुलीमा