एमाले बैठकमा नेताहरूमाथिको अनुशासन कारबाहीले पार्ने असरबारे छलफल (भिडियोसहित) | Khabarhub Khabarhub

एमाले बैठकमा नेताहरूमाथिको अनुशासन कारबाहीले पार्ने असरबारे छलफल (भिडियोसहित)

प्रदेश कमिटी प्रमुखहरूले गरेको रिपोर्टिङको भोलि महासचिवले जवाफ दिने


५ श्रावण २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेको केन्द्रीय कमिटी बैठक भोलिसम्मका लागि स्थगित भएको छ ।

आजको बैठकमा प्रदेश कमिटीहरुका तर्फबाट प्रदेश कमिटी प्रमुखहरुले रिपोर्टिङ गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।

प्रदेश कमिटीका तर्फबाट सुझाव र प्रतिवेदन बैठकमा आएको र भोलि ३ बजे बस्ने बैठकमा महासचिवले त्यसको जवाफ दिने प्रवक्ता ज्ञवालीले जानकारी दिए ।

बैठकमा प्रदेश कमिटीहरुले केही नेतालाई कारबाही गर्दा पर्ने असर र पार्टीको अवस्थामा बारेमा सुझाव दिएको भन्दै प्रवक्ता ज्ञवालीले भने, ‘भोलि पार्टीबाट केही मानिस बाहिरिँदा आसन्न निर्वाचनमा कस्तो हुन्छ भन्नेबारेमा प्रतिवेदन र सुझाव समेत दिनुभएको छ ।’

हेरौँ भिडियो

बैठकमा एमाले विवाद समाधानका लागि गठन भएको कार्यदलले गरेका कामबारे संयोजक सुवास नेम्वाङले बैठकलाई जानकारी गराएका थिए ।

प्रवक्ता ज्ञवालीले भने, ‘कार्यदलको तर्फबाट सुवासचन्द्र नेम्वाङले पार्टी एकताको प्रयासका चरणहरु, दश बुँदे सहमतिका बारेमा बैठकलाई जानकारी गराउनुभयो । कार्यदलको प्रस्ताव हिजो नै अनुमोदन भइसकेको छ ।’

प्रधानमन्त्री शेरबहादुर देउवाका पक्षमा मतदान गरेका २२ जना सांसदहरुलाई स्पष्टीकरण सोध्ने निर्णयका बारेमा भने आज कुनै छलफल नभएको उनले बताए ।

भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबास गरेकाहरुलाई व्यवस्थापन गर्न ओली सरकारले गठन गरेको भूमिसँग सम्बन्धित आयोगका अध्यक्ष देवी ज्ञवालीले समेत आयोगले गरेका कामको बारेमा जानकारी गराएको प्रवक्ता ज्ञवालीले जानकारी दिए ।

सरकारले राजनीतिक पूर्वाग्रह राखेर आयोग खारेज नगर्न समेत उनले आग्रह गरेका छन् ।

प्रकाशित मिति : ५ श्रावण २०७८, मंगलबार  ७ : ३२ बजे

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकको स्थगित

ललितपुर – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको यही कात्तिक २९ गते

मकवानपुरमा पुजारीको गोली हानी हत्या, एक जना पक्राउ

बागमती – मकवानपुरको राक्सिराङ गाउँपालिका–१ कोलगैरीमा आज एक जनाको गोली

देउवा दम्पत्ति स्वदेश फिर्ता (तस्बिरहरू)

काठमाडौं – भदौ २३ र २४ गते भएको जेन जी

प्रधानमन्त्रीले भनिन्ः राज्यले भावना नबुझिदिँदा जेनजीमा बेचैनी बढ्यो

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले प्रधानमन्त्री सुशीला कार्कीले युवाको भावना

गृहमन्त्री अर्यालद्वारा उपत्यका ट्राफिक प्रहरी कार्यालयको निरीक्षण अनुगमन

काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले आज साँझ काठमाडौँ उपत्यका ट्राफिक