एमाले बैठकमा नेताहरूमाथिको अनुशासन कारबाहीले पार्ने असरबारे छलफल (भिडियोसहित) « Khabarhub

एमाले बैठकमा नेताहरूमाथिको अनुशासन कारबाहीले पार्ने असरबारे छलफल (भिडियोसहित)

प्रदेश कमिटी प्रमुखहरूले गरेको रिपोर्टिङको भोलि महासचिवले जवाफ दिने


५ श्रावण २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेको केन्द्रीय कमिटी बैठक भोलिसम्मका लागि स्थगित भएको छ ।

आजको बैठकमा प्रदेश कमिटीहरुका तर्फबाट प्रदेश कमिटी प्रमुखहरुले रिपोर्टिङ गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।

प्रदेश कमिटीका तर्फबाट सुझाव र प्रतिवेदन बैठकमा आएको र भोलि ३ बजे बस्ने बैठकमा महासचिवले त्यसको जवाफ दिने प्रवक्ता ज्ञवालीले जानकारी दिए ।

बैठकमा प्रदेश कमिटीहरुले केही नेतालाई कारबाही गर्दा पर्ने असर र पार्टीको अवस्थामा बारेमा सुझाव दिएको भन्दै प्रवक्ता ज्ञवालीले भने, ‘भोलि पार्टीबाट केही मानिस बाहिरिँदा आसन्न निर्वाचनमा कस्तो हुन्छ भन्नेबारेमा प्रतिवेदन र सुझाव समेत दिनुभएको छ ।’

हेरौँ भिडियो

बैठकमा एमाले विवाद समाधानका लागि गठन भएको कार्यदलले गरेका कामबारे संयोजक सुवास नेम्वाङले बैठकलाई जानकारी गराएका थिए ।

प्रवक्ता ज्ञवालीले भने, ‘कार्यदलको तर्फबाट सुवासचन्द्र नेम्वाङले पार्टी एकताको प्रयासका चरणहरु, दश बुँदे सहमतिका बारेमा बैठकलाई जानकारी गराउनुभयो । कार्यदलको प्रस्ताव हिजो नै अनुमोदन भइसकेको छ ।’

प्रधानमन्त्री शेरबहादुर देउवाका पक्षमा मतदान गरेका २२ जना सांसदहरुलाई स्पष्टीकरण सोध्ने निर्णयका बारेमा भने आज कुनै छलफल नभएको उनले बताए ।

भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबास गरेकाहरुलाई व्यवस्थापन गर्न ओली सरकारले गठन गरेको भूमिसँग सम्बन्धित आयोगका अध्यक्ष देवी ज्ञवालीले समेत आयोगले गरेका कामको बारेमा जानकारी गराएको प्रवक्ता ज्ञवालीले जानकारी दिए ।

सरकारले राजनीतिक पूर्वाग्रह राखेर आयोग खारेज नगर्न समेत उनले आग्रह गरेका छन् ।

प्रकाशित मिति : ५ श्रावण २०७८, मंगलबार  ७ : ३२ बजे

प्रधानमन्त्री एक्लिएको फेसबुके स्टाटसबारे रविको जवाफ : उहाँ त गीतकार पनि हो नि !

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले तत्कालै वालेन्द्र शाह

एक वर्षमा चौध करोडको जडीबुटी निर्यात

झापा– एक वर्षमा १४ करोड छ लाख ८३ हजार रुपैयाँको

आशिकालाई प्रश्न : हिजो किन रिसाउनु भयो ? जवाफमा भनिन् : पिशाव फेर्न जान नपाउनू

काठमाडौं- मंगलबार बसेकव प्रतिनिधिसभा बैठकमा सभामुख डोलप्रसाद अर्यालसँग रिसाएर हिँडेकोबारे

स्वर्णिमले बिजुलीमा भ्याट लगाए, अब विराजभक्तले महसुल घटाउँदै

काठमाडौं- चालु आर्थिक वर्षको बजेटमार्फत् अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बिजुलीमा

वालेन्द्रको खोजी भएपछि रविको जवाफ : कुरा गरेको छु, अर्को बैठकदेखि आउनुहुन्छ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको बैठकमा प्रधानमन्त्री एवम् संसदीय