क्रियाशील सदस्यता विवादमा कांग्रेस नेताहरु दुई धारमा « Khabarhub

क्रियाशील सदस्यता विवादमा कांग्रेस नेताहरु दुई धारमा


५ श्रावण २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसको क्रियाशील सदस्यता वितरणलाई लिएर पार्टी कार्यालयमा क्षेत्रीय सभापति दिनेश मिश्र धर्ना बसेको विषयलाई लिएर सर्लाहीका कांग्रेस नेताहरुले आपत्ति जनाएका छन् ।

सर्लाही जिल्ला सभापति एवम् प्रतिनिधिसभा सदस्य नागेन्द्र कुमारले आफूले गरेको गल्तीलाई ढाकछोप गर्न क्षेत्रीय सभापति मिश्र पार्टी मुख्यालयमा धर्ना बसेको टिप्पणी गरे । मंगलबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै उनले सर्लाही जिल्लामा क्रियाशील सदस्यता नविकरण र समायोजनको विषयमा धाँधली नभएको जिकिर गरे ।

नयाँ सदस्यताको हकमा क्षेत्रीय सभापतिलाई विधानतः अधिकार दिईएको र वडा सभापतिमार्फत पठाइएको भरपाई दिइएको उनले दाबी गरे । उनले कागजजात सही भएकोलाई सदस्यता दिनुपर्ने र गलत भएकाहरूलाई कारबाही गर्नुपर्ने बताए ।

कार्यक्रममा केन्द्रीय सदस्य जंगीलाल रायले अहिले पार्टी मुख्यालय सानेपामा धर्नामा बस्नेहरुले नै गल्ती गरेको र उक्त गल्ती ढाकछोप गर्नको लागि यस्तो नाटक गरेको टिप्पणी गरे ।

कांग्रेस नेता तथा प्रदेश नम्बर २ का महिला, बालबालिका तथा खेलकुदमन्त्री वीरेन्द्रप्रसाद सिंहले पनि कांग्रेस केन्द्रीय सदस्य तथा सांसद डा. अमरेश कुमार सिंहले आफ्नो क्षेत्रमा नजाने तर काठमाडौँमा बसेर राजनीति गरेको आरोप लगाए ।

प्रकाशित मिति : ५ श्रावण २०७८, मंगलबार  ९ : १५ बजे

आज अन्तर्राष्ट्रिय चेर्नोबिल विपद् स्मरण दिवस, चालीस वर्षपछि पनि असर कायम

काठमाडौँ– आज अन्तर्राष्ट्रिय चेर्नोबिल विपद् स्मरण दिवस हो । संयुक्त

टावर मर्मतपछि खार्पुनाथ र सर्केगाडमा पुनः इन्टरनेट सेवा

हुम्ला– वैशाख लागेसँगै बिग्रिएको फोरजी टावर मर्मतपछि सञ्चालनमा आएको छ

खुला नाकाबाट सोझै वीरगन्ज भित्रिन्छ भारतीय तरकारी

वीरगन्ज– सीमावर्ती भारतीय बजार रक्सौलबाट लुकीछिपी वीरगन्जमा क्वारेन्टिन जाँच नगरिएका

तराईमा तातो लहर, केही क्षेत्रमा चट्याङसहित वर्षा हुने

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

ट्रम्पले गरे अमेरिकी टोलीको पाकिस्तान भ्रमण रद्द

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी युद्धका विषयमा