सरकारमा जाने मन्त्रीबारे निर्णय लिन माओवादी केन्द्रको स्थायी कमिटी बस्दै | Khabarhub Khabarhub

सरकारमा जाने मन्त्रीबारे निर्णय लिन माओवादी केन्द्रको स्थायी कमिटी बस्दै


६ श्रावण २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा माओवादी केन्द्रले स्थायी कमिटी बैठक बोलाएको छ । बैठक दिउँसो २ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्नेछ ।

आजको बैठकमा पछिल्लो समसामयिक राजनीतिक घटनाक्रम, पार्टी संगठनलगायत विषयमा छलफल हुने स्थायी कमिटी सदस्य गणेश शाहले जानकारी दिए । उनका अनुसार बैठकमा सरकारमा जाने मन्त्रीका विषयमा पनि छलफल गरिने छ ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हिजो प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटेर सरकार सञ्चालनको साझा कार्यक्रम बनाएर जाने विषयमा छलफल गरेका थिए। प्रधानमन्त्री देउवासँग भएको छलफल र छलफलका क्रममा भएका प्रगतिका विषयमा पनि बैठकमा अध्यक्ष प्रचण्डले जानकारी गराउनेछन्।

शेरबहादुर देउवा नेतृत्वको सरकारका हाल माओवादी केन्द्रका दुई जना मात्र मन्त्री छन् । सरकारमा पम्फा भुसाल ऊर्जा मन्त्री र जनार्दन शर्मा अर्थमन्त्री छन् । माओवादी केन्द्रबाट सरकारमा कति जना जाने भन्ने टुंगो लागि सकेको छैन। यसबारे मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवासँग माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले छलफलसमेत गरेका थिए ।

यस अघि बसेको केन्द्रको स्थायी कमिटी बैठकले अध्यक्ष प्रचण्डलाई सरकारमा जाने मन्त्रीहरुको टुंगो लगाउने जिम्मा दिए पनि कति मन्त्रालय पाउने भन्ने यकिन नभएकोले अरु थप मन्त्री पठाउने विषयमा निश्चित भइनसकेको प्रचण्डको सचिवालयले जनाएको छ।

प्रकाशित मिति : ६ श्रावण २०७८, बुधबार  ८ : ३४ बजे

रवि लामिछानेविरुद्ध प्रदर्शन गर्ने सहकारी पीडित प्रहरी नियन्त्रणमा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं चितवन क्षेत्र नम्बर ३

विपद्को सामना गर्न क्षमता विस्तारमा महामन्त्री थापाको जोड

भक्तपुर– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विभिन्न विपद्को जोखिमसँग सामना

क्याबिन क्रुको आन्दोलन फिर्ता, आजैबाट काममा फर्कने

काठमाडौं– ४५ वर्ष उमेर हदलाई हटाउन माग गर्दै आन्दोलनमा नेपाल

आगामी उपनिर्वाचन र ०८४ मा माओवादी एक्लै प्रतिष्पर्धामा जाने

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी उपनिर्वाचन

अमेरिकाद्वारा हुथी नियन्त्रित १५ वटा लक्ष्यमा आक्रमण

एजेन्सी– अमेरिकी सेनाले शुक्रबार यमनको हुथी नियन्त्रित क्षेत्रको १५ वटा