कुवेतलद्वारा नेपाललाई स्वास्थ्य सामाग्री सहयोग | Khabarhub Khabarhub

कुवेतलद्वारा नेपाललाई स्वास्थ्य सामाग्री सहयोग



दोहा– नेपालमा कोरोना महामारी (कोभिड–१९) सङ्क्रमणको दोस्रो लहरविरुद्ध लड्न कुवेतले स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।

कुवेतस्थित नेपाली दूतावासले दिएको जानकारी अनुसार कोभिडको उपचारमा प्रयोग हुने पोर्टेबल अक्सिजन कन्सन्ट्रेटर, पेशेन्ट मोनिटर, मेडिकल भेन्टिलेटर सामाग्री पठाइएको छ ।

यस्तै, टेबलसहितको हस्पिटल बेड, पल्स ओक्सिमिटर, भाइटल साइन्स मोनिटर, पीपीईलगायत स्वास्थ्य सामाग्री तथा उपकरण पठाइएको दूतावासले जनाएको छ ।

दूतावासको समन्वयमा कुवेत रेड क्रिसेन्ट सोसाइटी (केआरसीएस) बाट सहयोग प्राप्त स्वास्थ्य सामाग्री जजिरा एयरवेजमार्फत मंगलबार नेपाल पठाइएको हो ।

नेपालको कोभिड–१९ संक्रमणको अवस्थालाई मध्यनजर गरी अत्यावश्यक स्वास्थ्य सामग्री तथा उपकरण उपलब्ध गराएकोमा दूतावासले कुवेत रेड क्रिसेन्ट सोसाइटीप्रति हार्दिक आभार प्रकट गरेको छ ।

साथै, दूतावास तथा रेड क्रिसेन्ट सोसाइटीको समन्वयमा मानवीय सहायता स्वरूप उपलब्ध गराइएका उक्त सामग्री तथा उपकरण सहज रूपमा कुवेतबाट काठमाडौँसम्म पुर्‍याउन सहयोग गरेकोमा जजिरा एयरवेज व्यवस्थापक एवं सञ्चालकलाई पनि दूतावासले धन्यवाद व्यक्त गरेको छ ।

यसअघि नेपालमा कोभिड–१९ को सङ्क्रमणको दोस्रो लहर तीव्र भएपछि कुवेतका लागि नेपाली राजदूत दुर्गाप्रसाद भण्डारीले त्यहाँका विभिन्न सरकारी निकायहरुसँग महामारी नियन्त्रणमा सहयोग गर्न आग्रह गरेका थिए ।

प्रकाशित मिति : ६ श्रावण २०७८, बुधबार  १ : ३५ बजे

प्रधानमन्त्री ओलीले भने- राजनीतिमा को कतिबेला जेल पर्न सक्छ भन्न सकिँदैन

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिमा को कतिबेला जेल

युद्धविराम हुने आशाका बावजुद थाइल्यान्ड र कम्बोडियाबीच आइतबार पनि झडप जारी

साम्राओङ- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको हस्तक्षेपपछि दुवै पक्षले युद्धविरामबारे छलफल

राष्ट्रियसभा बैठक : समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौं– राष्ट्रियसभाको आइतबारको बैठकमा सदस्यहरूले तराईमा पानी नपर्नाले भएको समस्यादेखि

भोजपुरका युवा पुरानो रीतिरिवाज र संस्कृति जोगाउन सक्रिय

टक्सार– स्थानीय संस्कृति संरक्षण, प्रवर्द्धन र पुस्तान्तरण गर्ने उद्देश्यले भोजपुरका युवाको

भारतीय नेतालाई कठिन समयमा नेपालले सेल्टर दिएको थियो – प्रधानमन्त्री ओली

काठमाडौं – प्रधान केपी शर्मा ओलीले भारतको स्वतन्त्रताका लागि नेपाली