अभिनयसँगै गायनमा चम्किएका यी कलाकार « Khabarhub

अभिनयसँगै गायनमा चम्किएका यी कलाकार


६ श्रावण २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(जीन्यूज)– कुनै फिल्ममा गीत राम्रो छ भने त्यो फिल्म हिट हुने सम्भावना बढी हुन्छ । अझ त्यो फिल्ममा अभिनय गर्ने कलाकारले गीत गाएको हो भने त यसको सफलताको सम्भावना दुई गुणा बढी हुन्छ ।

बलिउडमा यस्ता कैयौं कलाकार छन्, जसको अभिनयसँगै आवाज पनि राम्रो छ । यहीकारण केही फिल्ममा यी कलाकारले आफ्नो गीत आफैं गाएका छन् । किशोर कुमार, सुलक्षणा पण्डित जस्ता कैयौं स्टार यस्ता छन्, जो आफ्ना लागि मात्र नभई दोस्रो व्यक्तिका लागि पनि गीत गाए ।

बलिउडमा आमिर खान, सलमान खान र अक्षय कुमारले आफ्नो फिल्मका लागि गीत गाइसकेका छन् । यसबाहेक अन्य स्टारले पनि यो शैलीलाई अपनाएका छन् ।

बलिउडकी ‘क्यूट गर्ल’ आलिया भट्ट कुशल अभिनयसँगै राम्रो गीत पनि गाउछिन् । उनले ‘मेन तेन्नु समझौता’को फिमेल भर्सन आफैंले गाएकी छन् र यही गीतबाट उनको स्वरलाई दर्शकले मनपराएका छन् । यसपछि उनले फिल्म ‘हाइवे’ र ‘उडता पञ्जाब’मा पनि आफ्नो स्वर दिइन् ।

अभिनेता अनिल कपूरले फिल्म ‘चमेली की शादी’मा गीत गाएका छन् । उनले फिल्म ‘हमरा दिल आपके पास है’मा पनि हेमा सरदेसाई र सोनाली बेन्द्रेका साथ मिलेर गाएका छन् । उनको स्वरलाई पनि दर्शकले निकै मनपराएका छन् ।

अभिनेता फरहान अख्तरलाई बलिउडको प्रतिभावान कलाकार मानिन्छ । उनी फिल्म निर्माणदेखि लिएर अभिनय र गायनमा उत्तिकै पोख्त छन् । फिल्म ‘रक अन’मा उनको स्वर नसुन्ने सायद कमै होलान् । यो फिल्मको सफलता पछि उनले कहिल्यै पछाडि फर्केर हेर्नु परेन । उनले यो बाहेक अन्य फिल्ममा पनि स्वर दिइसकेका छन् ।

बलिउडकी ‘देसी गर्ल’ प्रियंका चोपडाले बलिउडमा मा होइन्, अन्तर्राष्ट्रिय स्तरमा पनि आफ्नो गायन कला देखाइसकेकी छन् । उनले पिटबुल जस्तो शीर्ष अन्तर्राष्ट्रिय गायकहरुसँग काम गरिसकेकी छन् । उनले पिटसँग तीन पप गीत गाइन् । उनको नयाँ गीत ‘मै तुम्हें प्यार नहीं कर सकता’ हो । जबकी यसअघि उनले फिल्म ‘मेरी कोम’का अलावा ‘दिल धड्कने दो’को शीर्ष गीतमा स्वर दिइसकेकी छन् ।

अभिनेत्री श्रद्धा कपूरले फिल्म ‘एक भिलेन’मा गीत गाएका थिए र यो गीत निकै हिट साबित भएको थियो । ‘तेरी गलियाँ’मा महिला स्वर श्रद्धाकै थियो । यो फिल्मपछि उनले ‘रक अन २’मा आफ्ना सबै गीत आफैं गाइन् । उनको स्वरलाई धेरैले मनपराएका छन् ।

बलिउड अभिनेता र अभिनेत्रीहरुको पाश्र्व गायक क्लबका अभिनेत्री सोनाक्षी सिन्हाको पनि प्रवेश भएको छ । उनले फिल्म ‘तेवर’बाट गायन यात्रा सुरु गरिन् ।

प्रकाशित मिति : ६ श्रावण २०७८, बुधबार  २ : ४५ बजे

जहाजमाथि भएको आक्रमणको जवाफ दिने इरानको चेतावनी

तेहरान– इरानले क्यास्पियन सागरमा आफ्नो एउटा व्यापारिक जहाजमाथि आक्रमण गरेको

एमबीएसको प्रश्नपत्र सार्वजनिक गरेको अभियोगमा दुईजना पक्राउ

काठमाडौं– त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायको ‘मास्टर्स अफ बिजनेस स्टडिज’ (एमबीएस)

चिकित्सकमाथिको आक्रमणमा संलग्नलाई कारबाही गर्न चिकित्सक संघको माग

वीरगञ्ज– नेपाल चिकित्सक संघ, नारायणी शाखाले नारायणी अस्पतालमा कार्यरत चिकित्सक

एमाले-नेकपा प्रदेश सत्ता सहकार्यमा नेता कार्यकर्ता नै असन्तुष्ट

काठमाडौं– सहकार्य, एकता र फुटबाट गुज्रिँदै आएका नेकपा एमाले र

वर्षायाममा पनि चितवनमा पर्यटकको चहलपहल

चितवन– सरकारले सप्ताहान्तमा दुई दिन सार्वजनिक बिदाको व्यवस्था गरेसँगै जिल्लाका