कमला खोलाको बाँध भत्कियो « Khabarhub

कमला खोलाको बाँध भत्कियो


६ श्रावण २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– बाढीले कमला खोलाको बाँध तीन सय मिटर भत्काएको छ । पश्चिम धनुषा तर्फको बाँध भत्किएको हो । बाढीले सबैला नगरपालिका–१३ स्थित किरतपुर नजिक बाँध भत्काएको कमला नदी नियन्त्रण आयोजना कार्यालयका प्रमुख एकराज भट्टराईले बताए ।

उनका अनुसार बाँध भत्किएसँगै खेत कटान शुरु भएको छ । बगर हुँदै धान खेततर्फ बाढी पसेको छ ।

बाँध संरक्षणका लागि नेपाल प्रहरी, नेपाली सेना र स्थानीयले प्रयास गरिरहेका छन् । प्लास्टिकको बोरामा माटो भरेर बाँध संरक्षण कार्य थालिएको हो । बाँध संरक्षण गर्न नसकेको खण्डमा बस्तीमा पानी पस्ने जोखिम रहेको छ । करिब ६ सय मिटर बाँध अझै जोखिममा रहेको भट्टराईले बताए । सबैला नगरपालिकाकै पर्टेबा नजिकको बाँध पनि भत्किने अवस्थामा पुगेको उनले जानकारी दिए ।

कटानलाई नियन्त्रण गर्ने काम मंलगबारदेखि भएपनि अझै नियन्त्रण भएको छैन । ‘नियन्त्रणको प्रयास जारी छ। अझै भइसकेको छैन,’ उनले भने, ‘खोलामा पानीको वेग धेरै छ । १७ फिट तलसम्म पानी छ ।’

संघीय सरकारले बाँध संरक्षणका लागि ५० लाख विनियोजन गरे पनि उक्त रकम अपुग हुने उनले बताए ।

त्यसका लागि प्रदेश सरकारले जाली र प्लास्टिकको बोरा उपलब्ध गराएको उनले बताए ।

बाढीका कारण हुनसक्ने सम्भावित जोखिमबाट स्थानीयहरुलाई सतर्क गराइएको छ । बाँध भत्किएपछि धनुषाका पूर्वीक्षेत्रका गाउँहरू जोखिममा परेका छन् ।

खोलामा बाढी आएपछि स्थानीयहरू रातभर जग्राम बस्ने गरेका छन् । बाढीले धनुषाको सबैला नगरपालिका, शहीदनगर नगरपालिका, कमला नगरपालिका र जनकनन्दनी गाउँपालिकाका गाउँहरु डुबानमा पर्ने जोखिम बढेको छ ।

प्रकाशित मिति : ६ श्रावण २०७८, बुधबार  ३ : १५ बजे

प्रक्रिया सुरु नहुँदै रोकियो स्वास्थ्य निकायका रिक्त पदाधिकारीको नियुक्ति

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य क्षेत्रका विभिन्न निकायहरूमा

वन डिभिजनद्वारा वातावरण दिवसका अवसरमा कपडाका झोला वितरण

नेपालगञ्ज– विश्व वातावरण दिवसका अवसरमा प्लास्टिकमुक्त अभियानअन्तर्गत एक हजार थान कपडाका

छानबिन समिति संयोजक भन्छन् : सुधनको सम्पत्ति भिड्यो कि भिडेन म अहिले भन्न सक्दिनँ

काठमाडौं- तत्कालीन गृहमन्त्री सुधन गुरुङको सम्पत्ति र शेयर कारोबारबारे छानबिन

विपन्न परिवारलाई नयाँ घर

भोजपुर– हतुवागढी गाउँपालिका–२ लुङ्गिनमा आर्थिक रुपमा विपन्न दलित समुदायका आठ

मगर खाम भाषामा पठनपाठन सुरु गर्दै रघुगङ्गा

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिकामा मगर खाम भाषामा पठनपाठन सुरु भएको