जोन्सन एण्ड जोन्सन खोप लगाएका नेपालीले साउदी प्रवेश पाउने « Khabarhub

जोन्सन एण्ड जोन्सन खोप लगाएका नेपालीले साउदी प्रवेश पाउने


७ श्रावण २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- साउदी अरबले जोन्सन एण्ड जोन्सनको खोप लगाएका नेपाली श्रमिकहरुलाई प्रवेश अनुमति दिएको छ ।

साउदीस्थित नेपाली दूतावासले एक विज्ञप्ति जारी गर्दै घर बिदामा नेपाल गएर साउदी फर्किन लागेका र नेपालबाट साउदी अरब आउने नयाँ कामदारले जोन्सन एण्ड जोन्सनको खोप लिएर साउदी प्रवेश पाउने जनाएको छ ।

दूतावासका अनुसार खोप लगाएको १४ दिनपछि साउदीमा प्रवेश गर्दा त्यहाँ पुगेपछि संस्थागत क्वारेन्टिनमा बस्न नपर्ने जनाएको छ । घर बिदामा गएका वा नयाँले आफूलाई पायक पर्ने खोप केन्द्रमा खोप लगाउन दूतावासले अनुरोध गरेको छ ।

खोप लगाउन जाँदा आफ्नो राहदानी र भिसा अनिवार्यरुपमा साथमा लिएर जान समेत दूतावासले अनुरोध गरेका छ । साउदीले फाइजर, अस्ट्राजिनेका, मोडेर्ना र जोन्सन एण्ड जोन्सनको खोप लगाएका व्यक्तिलाई प्रवेश अनुमति दिएको छ ।

साउदी प्रवेशका लागि त्यहाँ अनुमति प्राप्त खोपमध्ये फाइजर, अस्ट्राजिनेका र मोडेर्ना खोपको २ वटै डोज लगाईसकेको वा जोन्सन एण्ड जोन्सनको खोप ( यो खोप १ डोजको मात्रै हुने ) लगाएको १४ दिन कटिसकेको हुनु पर्नेछ ।

फाइजर, अस्ट्राजिनेका र मोडेर्ना खोपको पहिलो डोज लगाएको १४ दिन कटिसकेको छ वा कोरोना संक्रमण भएर निको भएको ६ महिना कटेको छैन भने प्रवेश पाउने दूतावासले जनाएको छ ।

साउदी सरकारको यो निर्णयसंगै अब विभिन्न समयमा घर बिदा नेपाल गएर खोपका कारण फर्किन नसकेका नेपाली श्रमिकले अब भने सहज रुपमा प्रवेश पाउने छन् ।

यसअघि नेपालमा जोन्सन एण्ड जोन्सन खोप उपलब्ध नहुँदा साउदी प्रवेश गर्ने नेपालीले संस्थागत क्वारेन्टिन बापत एक लाख रुपैयाँ भन्दाबढी रकम तिर्दै आएका थिए ।

प्रकाशित मिति : ७ श्रावण २०७८, बिहीबार  ८ : ३० बजे

एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन : केन्द्रीय सदस्यले धारणा राख्ने

काठमाडौँ – नेकपा (एमाले)को जारी केन्द्रीय कमिटीको तेस्रो दिनको बैठक

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा आयोजित रात्रिभोजमा परराष्ट्रमन्त्री खनाल सहभागी

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा संयुक्त

एसियाली खेलकुद : स्क्वासको मिश्रित डबल्समा नेपाल पराजित

काठमाडौँ– जापानमा जारी २०औँ एसियाली खेलकुदअन्तर्गत स्क्वासको मिश्रित डबल्समा विपना

साल्ट ट्रेडिङद्वारा पोखरामा सुपथ मूल्य पसल सञ्चालन

कास्की– सरकारले दसैँ, तिहारलगायत चाडपर्वलाई लक्षितगरी उपभोक्तालाई सहुलियतमा दैनिक उपभोग्य

मौसम पूर्वानुमान महाशाखाको चेतावनी : तीन दिन कहाँकहाँ हुँदैछ अति भारी वर्षा ?

काठमाडौँ – जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले