नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको आज ४३औँ स्मृति दिवस « Khabarhub

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको आज ४३औँ स्मृति दिवस


७ श्रावण २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको आज ४३औँ स्मृति दिवस, विभिन्न कार्यक्रम गरेर मनाइँदैछ ।

श्रेष्ठको स्मरणमा नेकपा एमालेले केन्द्रीय कमिटी बैठकअघि कार्यक्रम गर्दैछ । पुष्पलाल स्मृति प्रतिष्ठानले पनि कीर्तिपुरको चम्पादेवीमा पुष्पलाल स्मृति पार्कमा कार्यक्रम गर्दैछ । पुष्पलालको जन्मथलो रामेछापमा पनि विभिन्न कार्यक्रम हुँदैछन् ।

बिक्रम संवत २००६ साल बैशाखमा निरञ्जनगोविन्द वैद्य, नारायणविलास जोशी, नरबहादुर कर्माचार्य र मोतीदेवी शाक्यसँग मिलेर पुष्पलालले भारतको कोलकातामा बसेर नेकपा स्थापना गरेका थिए ।

१५ असार १९८१ मा पिता भक्तलाल र आमा तुलसीकुमारीका माहिला पुत्रकारूपमा रामेछापमा जन्मिएका पुष्पलालले प्रवासमा बसेर नेकपाका गतिविधि गरेका थिए।

नेपाली कांग्रेस र कम्युनिष्टहरू मिलेर संघर्ष गरेमा मात्र नेपालबाट निरंकुश पञ्चायती समाप्त हुन सक्छ भन्ने भविष्यवाणी गर्ने नेता पुष्पलालको २०३५ साल साउन ७ गते भारतको नयाँ दिल्लीस्थित अल इण्डिया मेडिकल इन्स्टीच्युटमा उपचारका क्रममा निधन भएको थियो ।

प्रकाशित मिति : ७ श्रावण २०७८, बिहीबार  ८ : ४५ बजे

ह्वाइट हाउस रात्रिभोजमा गोली प्रहार गर्ने ३१ वर्षीय युवक पक्राउ

वासिङ्टन– अमेरिकाको वासिङ्टनस्थित वासिङ्टन हिल्टन होटलमा आयोजित ‘ह्वाइट हाउस संवाददाता

ह्वाइट हाउसको ब्रिफिङ रुममा ट्रम्पले पत्रकारलाई दिए धन्यवाद

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउस संवाददाता सङ्घलाई

लागूऔषधसहित विभिन्न स्थानबाट ४१ जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट ४१

मनोहरा किनारको सुकुमबासी बस्तीमा डोजर लगाउन ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन (तस्बिर)

काठमाडौँ– सरकारले भक्तपुरको मनोहरा नदी किनार क्षेत्रका अतिक्रमित संरचनामा आज

पेप्सीकोलामा मध्यरातमा आठ सवारीसाधन तोडफोड, एक जना पक्राउ

काठमाडौँ – काठमाडौँको पेप्सीकोला क्षेत्रमा शनिबार मध्यरातमा एक समूहले पार्किङ