कसले गराइदियो दुई ‘वर्षा’ को झगडा ? « Khabarhub

कसले गराइदियो दुई ‘वर्षा’ को झगडा ?


२९ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तस्वीर – वर्षा शिवाकोटीको फेसबूकबाट

काठमाडौं – मनोरञ्जन क्षेत्रमा स–साना कुरा पनि ठूला गसिप बन्ने गर्छन् । कलाकारको रुटिन यस्तो हुन्छ कि, एउटा फिल्म खेलिसकेपछि सोही कलाकारसँग लामो समय भेट नहुन पनि सक्छ । कारण, कलाकार अर्कोतिर व्यस्त हुन्छन् । आउँदो शुक्रवारबाट सिनेमा घरमा दुई फिल्म रिलिज हुँदैछन्, ‘जात्रै जात्रा’ र ‘वीर विक्रम २’ । यी दुवै फिल्मले राम्रो क्रेज बनाएका छन् ।

संयोग नै भन्नुपर्छ, नेपाली फिल्म क्षेत्रका दुई नायिका वर्षा राउत र वर्षा शिवाकोटी पनि दुई फिल्मबाट दर्शकमाझ आउँदैछन् । दुवैले आ–आफ्नो तरिकाले फिल्मको प्रचार गरिरहेका छन् । मिडियामा भने कहिलेकाहीँ यी दुई नायिकाको सम्बन्ध खासै राम्रो नभएको भन्ने गरिन्छ । त्यसो त दुई वर्षा मात्र होइन, नेपाली कलाकार अरु कलाकारसँग मिल्ने, साथ र सहयोग गर्ने गरेको पाइँदैन । यी दुई वर्षालाई भने नाम एउटै परेका कारणले गर्दा गाह्रो परेको छ । नामकै कारण दुईको सम्बन्धलाई लिएर फ्यानले पनि चासो जनाउने गर्छन् । चर्चाका हिसाबले दुवैको उत्तिकै चर्चा पनि हुने गर्छ ।

यसैबीच रिलिज मिति नजिकिँदै गर्दा नायिका वर्षा शिवाकोटीले वर्षा राउतलाई सम्बोधन गर्दै एक लामो स्टाटस लेखेकी छिन् । उक्त लामो स्टाटसमा उनले मिडियामा आएका विभिन्न हल्ला र एकले अर्काको अस्तित्व स्वीकार्न नसकेको विषयको खण्डन गरेकी छिन् ।

‘हिजो एकै फ्रेममा अटाएका हामी आज एकअर्काको दुश्मन बनाइएका छौँ, के साँच्चै तिमी मेरो र म तिम्रो दुश्मन हौँ र ?,’ वर्षा शिवाकोटीले लेखेकी छिन्, ‘एकै परिवारका दुई सदस्य हामी आखिर यो बजारमा भनिएको जस्तै दुश्मनी बोकेर बसेका छौँ त ?’

वर्षा शिवाकोटीले आफूहरु एउटै बाटोमा हिँडेको बाहिर आएजस्तो दुई वर्षाबीच कुनै विवाद नभएको बताएकी छिन् । साथै उनले रिजिलको क्रममा रहेको राउतको फिल्म ‘जात्रै जात्रा’ लाई सफलताको शुभकामना पनि दिएकी छिन् ।

यता वर्षा राउतले पनि आफूहरुलाई थाहै नपाइ दुश्मनीको बिल्ला भिराइदिएको बताएकी छिन् । उनले भनेकी छिन्, ‘फूलको आँखामा फूलै संसार !’

उनले आफूहरु कामको व्यस्तताले गर्दा खासै भेट हुन नपाएको र एउटा कलाकार भोलि अर्कोसँग काम गर्नुपर्ने हुँदा समय मिलाउन गाह्रो हुने बताइन् । वर्षा राउतले पनि ‘वीर विक्रम २’ लाई शुभकामना दिएकी छिन् ।

दुई वर्षाको फिल्म रिलिजको क्रममा हुँदा यी दुई नायिका भने निर्माण टिमसँग प्रचारमा व्यस्त छ । मिडियामा कहिलेकाहीँ दुई वर्षाबीच व्यक्तिगत ‘इगो’ भएको भन्ने खबर आउने गर्छन् ।

प्रकाशित मिति : २९ बैशाख २०७६, आइतबार  १ : ४६ बजे

साफ महिला च्याम्पियनसिप : आज नेपाल र भुटान तथा बंगलादेश र भारत खेल्ने

पोखरा– १९ वर्ष मुनिको साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगितामा आज

ठेकेदारको लापरबाहीले स्थानीय तहका प्रशासनिक भवन अलपत्र

बाँके– ठेकेदार कम्पनीको लापरबाहीले यहाँका केही स्थानीय तहका निर्माणाधीन प्रशासनिक

प्रेस काउन्सिलको मिडिया जागरण राष्ट्रिय अभियान धादिङबाट सुरु

धादिङ– प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिँदै गर्दा प्रेस काउन्सिल नेपालले

कैफियत देखिएपछि तीन फर्मलाई कारबाही

काठमाडौं– नियमित बजार अनुमगन तथा निरीक्षण गर्दै आएको वाणिज्य, आपूर्ति

राष्ट्रपति पौडेल जापानको टोकियोमा

काठमाडौं – चारदिने औपचारिक भ्रमणका क्रममा राष्ट्रपति रामचन्द्र पौडेल आज