१८ अंकले नेप्से बढ्दा ११ अर्ब ११ करोड बढीको कारोबार | Khabarhub Khabarhub

१८ अंकले नेप्से बढ्दा ११ अर्ब ११ करोड बढीको कारोबार


७ श्रावण २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आज शेयर बजार नेप्से परिसूचक १८ दशमलव ७६ अंकले बढेर ३,००४ दशमलव ३३ को विन्दुमा कायम भएको छ ।

आज २२२ वटा कम्पनीको ५ करोड ५९ लाख ६४ हजार ६२ कित्ता शेयर किनबेच हुँदा ११ अर्ब ११ करोड ४१ लाख २१ हजार रुपैयाँको शेयर किनबेच भएको छ ।

कारोबारमा आएका १३ मध्ये ८ वटा उपसमूहको परिसूचक घटेको छ भने ५ समूहको सूचक बढेको छ ।

नेपाल स्टक एक्सचेन्स (नेप्से) का अनुसार सबैभन्दा धेरै कृषि विकास बैंकको कारोबार भएको छ । बैंकको ४६ करोड २७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै, नेपाल बैंकको ३६ करोड ५ लाख, एनआइसी एशिया बैंकको ३६ करोड ४ लाख, नाङी ग्रुपको ३४ करोड ३४ लाख, सिद्धार्थ बैंकको ३२ करोड ८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै लक्ष्मी उन्नती कोषमा इकाईधनी, सिइडिबी हाइड्रोपावर कम्पनी र नाङदी ग्रुप पावर कम्पनीका लगानीकर्ताले कमाएका छन् ।

त्यसैगरी आज सबैभन्दा धेरै एभरेष्ट इन्स्योरेन्स कम्पनीको संस्थापक शेयरधनीले गुमाएका छन् ।

प्रकाशित मिति : ७ श्रावण २०७८, बिहीबार  ५ : ४३ बजे

रामकुमारी भन्छिन् : अहिले नै कता जाने, के गर्ने निर्णय भइसकेको छैन

काठमाडौं- नेकपा एकीकृत समाजवादी पार्टीकी स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले

वीरगञ्ज नाकाबाट चार अर्ब ६१ करोडको खाद्यान्न आयात

वीरगञ्ज– वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्ष २०८२/८३ को तीन महिनामा

अन्तिम बैठकमा गएनन् सम्मानित नेता खनाल र महासचिव भुसाल

काठमाडौं- नेकपा एकीकृत समाजवादी पार्टीको सचिवालय बैठक सकिएको छ। सचिवालय

भक्तपुर बाल सुधारगृहबाट भागेका २० मध्ये १५ जना पक्राउ

भक्तपुर– भक्तपुरको सानोथिमिस्थित बाल सुधारगृहबाट २० जना बन्दी ढोका फोडेर

फरार कैदी र लागूऔषध प्रयोगकर्तासहित पाँच जना पक्राउ

कर्णाली– जिल्ला प्रहरी कार्यालय सुर्खेतले काठमाडौं कारागारबाट फरार एक कैदीसहित