झापामा एक वर्षमा १३ हजारले लिए नागरिकता « Khabarhub

झापामा एक वर्षमा १३ हजारले लिए नागरिकता


८ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– जिल्ला प्रशासन कार्यालय झापाबाट आर्थिक वर्ष २०७७/७८ मा १३ हजारभन्दा बढीले नेपाली नागरिकता प्रमाणपत्र लिएका छन् ।

तीमध्ये वंशजका आधारमा १२ हजार ८४३ जना र वैवाहिक अङ्गीकृतका आधारमा १८२ जनालाई नागरिकता प्रदान गरिएको झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले बताए ।

सोही अवधिमा छ हजार १८८ जनालाई राहदानी वितरण, ८६ वटा सङ्घसंस्था दर्ता, १६५ जना नाबालकको परिचयपत्र जारी र दुईवटा पत्रपत्रिका दर्ता गरिएको प्रशासन कार्यालयले जनाएको छ । उक्त एक वर्षको अवधिमा जिल्ला प्रशासन कार्यालय झापामा विभिन्न १० प्रकारका २५२ मुद्दा दर्ता भएकामा दुईतिहाइभन्दा बढी २२४ वटा मुद्दा अभद्र व्यवहारसम्बन्धी रहेको पाइएको छ ।

असार मसान्तसम्ममा अभद्र व्यवहारसम्बन्धी परेका मुद्दामध्ये १६ वटा छिनोफानो गरिएको समेत प्रशासनले जनाएको छ । अन्य मुद्दामा क्षतिपूर्तिसम्बन्धी १५ वटा, जुवासम्बन्धी नौ, झुटो सूचनासम्बन्धी दुई, सार्वजनिक बाटो अवरोधसम्बन्धी एउटा, सार्वजनिक स्थानमा यौन अङ्ग देखाएकोसम्बन्धी एउटा मुद्दा रहेका छन् । जिल्ला प्रशासन कार्यालयले सोही आर्थिक वर्षमा राहदानी शुल्क, प्रशासनिक दण्ड जरिवाना, सेवा शुल्क, हातहतियार नवीकरण शुल्क र परीक्षा दस्तुरवापत रु तीन करोड ४९ लाख ५५ हजार २५० राजश्व सङ्कलन गरेको छ ।

प्रकाशित मिति : ८ श्रावण २०७८, शुक्रबार  १२ : १० बजे

बगेर बेपत्ता भएका दुई किशोरको शव फेला

कास्की – पोखराको विजयपुर खोला तर्ने क्रममा गत साउन ३०

विपद् व्यवस्थापनमा सरकार संवेदनशील छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले विपद् व्यवस्थापनमा गृह मन्त्रालय संवेदनशील

इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै

इन्डोनेसिया – शक्तिशाली भूकम्पमा परी कम्तीमा ७१ जनाको मृत्यु र

कर्णाली सरकारका नवनियुक्त तीन मन्त्रीद्वारा शपथ ग्रहण

कर्णाली – कर्णाली प्रदेश सरकारका नवनियुक्त तीन मन्त्रीहरूले पद तथा

सन्तोष राईको शव ल्याउने खर्च सरकारले व्यहोर्ने, आशिकाले दिइन् धन्यवाद

काठमाडौं – वैदेशिक रोजगारीका क्रममा निधन भएका धादिङका सन्तोष राईको