संघीय संसदका दुवै सदनको बैठक बस्दै « Khabarhub

संघीय संसदका दुवै सदनको बैठक बस्दै


८ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संघीय संसदका दुवै सदनको बैठक शुक्रबार बस्दैछ । प्रतिनिधिसभा र राष्ट्रिय सभाको छुट्टाछुट्टै बैठक दिउँसो एक बजेका लागि बोलाइएको हो ।

संघीय संसद सचिवालयकाअनुसार प्रतिनिधिसभाको शुक्रबारको बैठकमा विभिन्न दलका नेताहरुले प्रधानमन्त्री शेरबहादुर देउवाको कार्यकाल सफलताको शुभकामनासहित मन्तव्य राख्ने कार्यसूची छ । गत साउन ३ गते शुरू भएको प्रतिनिधिसभाको आठौँ अधिवेशनको पहिलो दिन नै प्रधानमन्त्री देउवालाई विश्वासको मत प्राप्त भएको थियो ।

यस्तै राज्य व्यवस्था तथा सुशासन समितिका सभापति शशी श्रेष्ठले कारागार विधेयक सम्बन्धी समितिको प्रतिवेदन पेश गर्नुका साथै सरकारले महालेखा परीक्षकको वार्षिक प्रतिवेदन पेश गर्ने सम्भावित कार्यसूची सचिवालयले सार्वजनिक गरेको छ ।

राष्ट्रिय सभामा समेत पछिल्लो राजनीतिक घटनाक्रमबारे सदस्यहरुले धारणा राख्ने तयारी भएको सचिवालयले जनाएको छ ।

सरकारले शुक्रबारको बैठकमा राष्ट्रिय मावअधिकार आयोगको वार्षिक प्रतिवेदन टेबल गर्ने कार्यसूची छ ।

प्रकाशित मिति : ८ श्रावण २०७८, शुक्रबार  १ : ०८ बजे

काठमाडौंमा वर्ल्डकप क्रेज

काठमाडौं– सात समुद्रपारि अमेरिका, क्यानडा र मेक्सिकोमा भइरहेको फुटबल विश्वकपले

११ जिल्लामा बर्ड फ्लु : ५ लाख बढी कुखुरा नष्ट

काठामाडौँ– देशका विभिन्न ११ जिल्लामा बर्ड फ्लु (एभियन इन्फ्लुएन्जा) संक्रमण

तातो हावाको लहर कायमै रहने सम्भावना

काठमाडौं– देशका पश्चिमी तराई क्षेत्रमा तातो हावाको लहर (हिटवेभ) को

थलथलेमा खानेपानीको समस्या हट्यो,३३ घरमा ‘एक घर, एक धारा’ जडान

भोजपुर– यहाँको थलथले खानेपानी आयोजनामार्फत ३३ घरमा ‘एक घर, एक धारा’

अवरुद्ध बेनी–जोमसोम सडक १२ घण्टापछि खुल्यो 

म्याग्दी– सडकमा थुप्रिएको ढुङ्गा पन्छाएपछि म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई