संघीय संसदका दुवै सदनको बैठक बस्दै | Khabarhub Khabarhub

संघीय संसदका दुवै सदनको बैठक बस्दै


८ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संघीय संसदका दुवै सदनको बैठक शुक्रबार बस्दैछ । प्रतिनिधिसभा र राष्ट्रिय सभाको छुट्टाछुट्टै बैठक दिउँसो एक बजेका लागि बोलाइएको हो ।

संघीय संसद सचिवालयकाअनुसार प्रतिनिधिसभाको शुक्रबारको बैठकमा विभिन्न दलका नेताहरुले प्रधानमन्त्री शेरबहादुर देउवाको कार्यकाल सफलताको शुभकामनासहित मन्तव्य राख्ने कार्यसूची छ । गत साउन ३ गते शुरू भएको प्रतिनिधिसभाको आठौँ अधिवेशनको पहिलो दिन नै प्रधानमन्त्री देउवालाई विश्वासको मत प्राप्त भएको थियो ।

यस्तै राज्य व्यवस्था तथा सुशासन समितिका सभापति शशी श्रेष्ठले कारागार विधेयक सम्बन्धी समितिको प्रतिवेदन पेश गर्नुका साथै सरकारले महालेखा परीक्षकको वार्षिक प्रतिवेदन पेश गर्ने सम्भावित कार्यसूची सचिवालयले सार्वजनिक गरेको छ ।

राष्ट्रिय सभामा समेत पछिल्लो राजनीतिक घटनाक्रमबारे सदस्यहरुले धारणा राख्ने तयारी भएको सचिवालयले जनाएको छ ।

सरकारले शुक्रबारको बैठकमा राष्ट्रिय मावअधिकार आयोगको वार्षिक प्रतिवेदन टेबल गर्ने कार्यसूची छ ।

प्रकाशित मिति : ८ श्रावण २०७८, शुक्रबार  १ : ०८ बजे

राष्ट्रिय भवन संहिता कार्यान्वयनमा

काठमाडौं–  राष्ट्रिय भवन संहिता कार्यान्वयनमा आएको छ । संहिता बिहीबार

यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

युट्युब हेरेर सिकेको काष्ठकलाबाट मनग्य आम्दानी

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ का भक्तबहादुर महरा दुई दशक अघिसम्म

आज भारतको बिहार विधानसभा चुनावको मत गणना हुँदै

काठमाडौं–  भारतको बिहार विधानसभा चुनावको मत गणना आज हुँदैछ।  नोभेम्बर

‘भ्रष्टाचारको ट्याग हटाउन कति पटक मरौं ?’

काठमाडौं – भरतपुरस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्‍गशाला निर्माणमा धुर्मुस-सुन्तली