कोरोनाविरुद्ध खोप लगाएको प्रमाण पत्र अब चार ठाउँबाट पाइने | Khabarhub Khabarhub

कोरोनाविरुद्ध खोप लगाएको प्रमाण पत्र अब चार ठाउँबाट पाइने


८ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोरोना भाइरसविरुद्धको खोप लगाएको प्रमाणपत्र अब चार स्थानबाट लिन सकिने भएको छ । एकै ठाँउबाट सेवा प्रवाह गर्दा भीडभाड भएको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजदेखि लागू हुने गरी काठमाडौँ उपत्यकाका चार स्थानबाट प्रमाणपत्र उपलव्ध गराउने व्यवस्था गरेको हो ।

वैदेशिक रोजगारीमा जानको लागि कोरोना भाइरसविरूद्धको खोप लगाएको प्रमाणपत्र अनिवार्य गरिएपछि केही दिनदेखि प्रमाणपत्र लिनेहरुको भीडभाड बढिरहेको छ ।

अब टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, मीनभवनमा रहेको सिभिल अस्पताल, ललितपुरको पाटन अस्पताल र बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालबाट खोप लगाएको प्रमाणपत्र लिन सकिने स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेलले जानकारी दिए ।

वैदेशिक रोजगारीमा जाने नेपाली तथा कुटनीतिक नियोगका प्रतिनिधिका लागि यो सेवा उपलब्ध गराइएको उनको भनाइ छ ।

मन्त्रालयले यसअघि खोप लगाएको प्रमाणपत्र टेकुस्थित शुक्रराज अस्पतालबाट मात्रै उपलब्ध गराउँदै आएको थियो।

सरकारले खोप लगाएका नागरिकलाई नेपाली भाषाको कार्ड उपलब्ध गराउँदै आएपनि विदेशमा अंग्रेजी भाषा आवश्यक पर्ने भएकाले समस्या हुँदै आएको थियो । एउटा प्रमाणपत्रका लागि घण्टौँ लाइन बस्नु पर्ने भन्दै आलोचना भएपछि सरकारले चार ठाउँबाट सेवा उपलब्ध गराएको हो ।

प्रकाशित मिति : ८ श्रावण २०७८, शुक्रबार  ३ : ०५ बजे

यु–१७ महिला फुटबल टोली आज भुटान जाँदै

काठमाडौं– १७ वर्षमुनिको साफ महिला च्याम्पियनसिप फुटबल खेल्ने नेपाली टोली

दुई दिने नेपाल भ्रमण सकेर आज भारत फर्किंदै सचिव मिस्री

काठमाडौं – दुई दिने नेपाल भ्रमणमा आएका भारतका विदेशसचिव विक्रम

अर्थसहित तीनवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत विभिन्न तीनवटा समितिका बैठक बस्दै छन्

नेपालमा मनसुनको अवस्था केही कमजोर, थोरै भूभागमा मध्यम वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले मनसुनको

टप टी-२० सिरिज : आज मेलबर्न स्टार्ससँग प्रतिस्पर्धा गर्दै नेपाल

काठमाडौं – अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप इन्ड टी-२० सिरिजमा