अमेरिकाद्वारा नेपाललाई ३ लाख अमेरिकी डलर बराबरको स्वास्थ्य सामग्री सहयोग | Khabarhub Khabarhub

अमेरिकाद्वारा नेपाललाई ३ लाख अमेरिकी डलर बराबरको स्वास्थ्य सामग्री सहयोग


८ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालस्थित अमेरिकी मिशनले कोरोना रोकथाम तथा न्यूनीकरणका लागि नेपाललाई स्वास्थ्य सामग्री सहयोग गरेको छ ।अमेरिकी मिशनले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई करिव ३ लाख अमेरिकी डलर बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको हो ।

स्वास्थ्य सामग्री सहयोगबारे नेपालस्थित अमेरिकी दूतावासले सामाजिक सञ्जाल फेसबुकमा लेखेको छ, ‘हालसालै हाम्रो डिफेन्स टिमका साथीहरूले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसम्म पुगेर झन्डै ३ लाख अमेरिकी डलर बराबरको श्वासप्रस्वास सम्बन्धी उपचारमा प्रयोग हुने उपकरण तथा अक्सिजन मास्कहरू हस्तान्तरण गर्नुभयो।’

कोरोना महामारीको यस विषम परिस्थितिमा नेपाल सरकारका विभिन्न निकायसँग मिलेर कोभिड प्रतिकार्यलाई कसरी चुस्त बनाउने र जीवन बचाउने उपकरणहरू कसरी थप उपलब्ध गराउने भन्ने विषयमा आफूहरु निरन्तर लागिरहेको दूतावासले जनाएको छ ।

अमेरिकाले केही दिन अघि जोन्सन एन्ड जोन्सन कम्पनीको १५ लाख ३५ हजार ८५० डोज कोभीड-१९ भ्याक्सिन उपलब्ध गराएको थियो ।

 

प्रकाशित मिति : ८ श्रावण २०७८, शुक्रबार  ७ : १५ बजे

स्पेनिस ला लिगा : ओसासुनामाथि रियल मड्रिडको जित

काठमाडौं– स्पेनिस ला लिगा फुटबलको नयाँ सिजनमा रियल मड्रिडले सुखद

कांग्रेस महामन्त्री शर्मा भैरहवा धाएको धायै

काठमाडौं– प्रतिनिधिसभा सदस्यका लागि हुन गइरहेको उपनिर्वाचनको सरगर्मी बढेसँगै नेपाली

कञ्चनपुरमा ३९ सय मिटर सिँचाइ कुलो निर्माण

कञ्चनपुर– जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय कञ्चनपुरले गत आर्थिक

काभ्रेका भुम्लुबासीले ५० वर्षपछि पाए लालपूर्जा

काभ्रे– काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिकाको दुई वडाबासीले ५० वर्षपछि आफ्नो जग्गाको