लागुऔषध कोकिन र सुन जस्तो देखिने धातुसहित ४ जना पक्राउ « Khabarhub

लागुऔषध कोकिन र सुन जस्तो देखिने धातुसहित ४ जना पक्राउ


८ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ५ सय ग्राम लागुऔषध कोकिन र २ किलो ४ सय १० ग्राम सुनजस्तो देखिने धातुसहित प्रहरीले ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा गोरखा जिल्ला गोरखा नगरपालिका-६ छाप्रे स्थायी ठेगाना भएका २९ वर्षीय मुकुन्द खड्का, गण्डकी गाउँपालिका-४ फुजेल स्थायी ठेगाना भएका ३१ वर्षीय मन गुरूङ, गोरखा नगरपालिका-८ स्थायी ठेगाना भएका ४० वर्षीय रेशम बहादुर राना र आरुघाट गाउँपालिका-६ स्थायी ठेगाना भएका ३२ वर्षीय एकराज गुरूङ रहेका छन् ।

लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-१६ पकनाजोलस्थित ‘तिब्बत पिस ईन’ होटलको १०४ नम्बर कोठाबाट मुकुन्द, मन र रेशमलाई उक्त कोकिन सहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

थप अनुसन्धानको क्रममा मन गुरुङको काठमाडौं महानगरपालिका-१६ नयाँबजारस्थित डेराबाट ६ सय ३८ ग्राम र १ किलो ७ सय ७२ ग्राम गरी उक्त परिमाणको धातु बरामद भएको प्रहरीले जनाएको छ । साथै उक्त कारोबारमा संलग्न रहेको खुल्न आएपछि एकराजलाई समेत टोखा नगरपालिका-११ बाट प्रहरीले पक्राउ गरेको हो ।

उनीहरूउपर लागूऔषध कोकिन मुद्दामा जिल्ला अदालत काठमाडौंबाट म्याद थप अनुमति लिइ अनुसन्धान भइरहेको उक्त ब्यूरोले जनाएको छ ।

प्रकाशित मिति : ८ श्रावण २०७८, शुक्रबार  १० : ४५ बजे

मोबाइलको कभर र सिसा फेर्दा ३५० तिरेका पुडासैनीलाई १० लाखको बम्पर उपहार

काठमाडौँ । करदाता प्रोत्साहन पुरस्कार अन्तर्गत साउन महिनाको दोस्रो बम्पर

राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त

काठमाडौँ । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त

गोरखामा चट्याङ लागेर दुईजना घाइते

काठमाडौँ । चट्याङ लागेर बुधबार गोरखामा दुईजना घाइते भएका छन्

आशिका तामाङले भनिन् : अबदेखि भद्र र मर्यादित बन्ने कोसिस गर्छु

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले अबदेखि

सरकारी निकायमा स्वदेशी वस्तुको प्रयोग गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशन तथा स्वदेशी उद्यमी र