लागुऔषध कोकिन र सुन जस्तो देखिने धातुसहित ४ जना पक्राउ « Khabarhub

लागुऔषध कोकिन र सुन जस्तो देखिने धातुसहित ४ जना पक्राउ


८ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ५ सय ग्राम लागुऔषध कोकिन र २ किलो ४ सय १० ग्राम सुनजस्तो देखिने धातुसहित प्रहरीले ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा गोरखा जिल्ला गोरखा नगरपालिका-६ छाप्रे स्थायी ठेगाना भएका २९ वर्षीय मुकुन्द खड्का, गण्डकी गाउँपालिका-४ फुजेल स्थायी ठेगाना भएका ३१ वर्षीय मन गुरूङ, गोरखा नगरपालिका-८ स्थायी ठेगाना भएका ४० वर्षीय रेशम बहादुर राना र आरुघाट गाउँपालिका-६ स्थायी ठेगाना भएका ३२ वर्षीय एकराज गुरूङ रहेका छन् ।

लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-१६ पकनाजोलस्थित ‘तिब्बत पिस ईन’ होटलको १०४ नम्बर कोठाबाट मुकुन्द, मन र रेशमलाई उक्त कोकिन सहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

थप अनुसन्धानको क्रममा मन गुरुङको काठमाडौं महानगरपालिका-१६ नयाँबजारस्थित डेराबाट ६ सय ३८ ग्राम र १ किलो ७ सय ७२ ग्राम गरी उक्त परिमाणको धातु बरामद भएको प्रहरीले जनाएको छ । साथै उक्त कारोबारमा संलग्न रहेको खुल्न आएपछि एकराजलाई समेत टोखा नगरपालिका-११ बाट प्रहरीले पक्राउ गरेको हो ।

उनीहरूउपर लागूऔषध कोकिन मुद्दामा जिल्ला अदालत काठमाडौंबाट म्याद थप अनुमति लिइ अनुसन्धान भइरहेको उक्त ब्यूरोले जनाएको छ ।

प्रकाशित मिति : ८ श्रावण २०७८, शुक्रबार  १० : ४५ बजे

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार