अर्थतन्त्रको यथार्थ तस्वीर सार्वजनिक गर्छौं : अर्थमन्त्री | Khabarhub Khabarhub

अर्थतन्त्रको यथार्थ तस्वीर सार्वजनिक गर्छौं : अर्थमन्त्री


८ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अर्थमन्त्री जनार्दन शर्माले मुलुकको पछिल्लो आर्थिक अवस्थाको बारेमा छिट्टै यथार्थ तस्वीर सार्वजनिक गर्ने बताएका छन् । उनले भने “त्यसलाई श्वेतपत्र पनि भन्न सकिन्छ, तर खासमा त्यो यथार्थपत्र नै हो । हामीले त्यसबारे आवश्यक छलफल गरिरहेका छौँ ।” उनले कोरोनाका कारण अर्थतन्त्र समस्यामा परेका र त्यसलाई क्रमशः सुधार गरेर लैजानु आजको प्रमुख आवश्यकता रहेको बताए ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन) सँग अर्थ मन्त्रालयमा आज आयोजना गरिएको छलफलमा मन्त्री शर्माले मुलुकका सामु रहेका विद्यमान समस्या समाधान गर्नेगरी सरकार अग्रसर रहेको जानकारी दिए।

मन्त्री शर्माले संसद्‌मा पेश भएको बजेट अध्यादेशको टुङ्गो लागेपछि थप कसरी अगाडि बढ्ने भन्नेबारे निष्कर्षमा पुग्ने जानकारी दिए । पूर्ववर्ती केपी ओली नेतृत्वको सरकारले अध्यादेशमार्फत चालु आर्थिक वर्षको बजेट ल्याएको थियो । उक्त अध्यादेश पुनः स्थापित सङ्घीय संसद्मा पेश भइसकेको छ ।

यतिबेला मुलुकको प्रमुख प्राथमिकता कोरोनाविरुद्धको खोपसँगै व्यापार व्यवसायको अभिवृद्धि भएको बताउँदै मन्त्री शर्माले सबैको साथ र सहयोगबाट मात्रै आर्थिक गतिविधिलाई बढावा दिन सकिने स्पष्ट पारे ।

मन्त्री शर्माले पूँजीगत खर्च हुन नसक्नुका पछाडि विभिन्न कारण रहे पनि सार्वजनिक खरिदमा रहेको समस्या, ठेक्का प्रणालीमा रहेको जटिलता, निर्माण व्यवसायीको इमान्दार प्रयत्नको अभाव तथा सबै स्थानमा प्रक्रिया मात्रै पुर्‍याउने प्रवृत्ति मुख्य जिम्मेवार रहेको बताए ।

कोरोनाका कारण समस्यामा परेको साना तथा मझौला व्यवसायी, पर्यटन क्षेत्रको उत्थानका लागि सरकारले स्पष्ट कार्ययोजनाका साथ काम गर्ने र उनीहरूलाई पूर्ववत् अवस्थामा नै फर्काउन सकिने उल्लेख गरे ।

अर्थ मन्त्रालय पूर्ण पारदर्शी रहने भन्दै उनले आफ्नो कार्यकाललाई बढीभन्दा बढी जनमुखी र परिणाममुखी बनाउने विश्वास व्यक्त गरे । उनले मुलुकका सामु रहेका चुनौतीलाई चिरेर सरकारले आमजनताको अपेक्षालाई सकेसम्म सम्बोधन गर्ने र सुशासन दिनेसमेत स्पष्ट पारे ।

सो अवसरमा सेजनका पूर्वअध्यक्षहरु गोपाल तिवारी, प्रदीप चापागाईं, गोकर्ण अवस्थी तथा वर्तमान अध्यक्ष भीम गौतमले अर्थमन्त्रालय र अर्थतन्त्रको सुधारका लागि चाल्नुपर्ने कदमबारे सुझाव दिए ।

प्रकाशित मिति : ८ श्रावण २०७८, शुक्रबार  ८ : ३० बजे

म्याग्दीका आयोजनालाई प्राथमिकता दिने सभापति देउवाको प्रतिबद्धता

म्याग्दी– नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले म्याग्दीका विकास

सिँचाइका इञ्जिनियरसँग सवा १६ करोड सम्पत्ति, स्रोत नखुल्दा भ्रष्टाचार मुद्दा

काठमाडौं – एउटा सरकारी कर्मचारीले जागिर अवधिभर कति कमाउला ?

सीजी डिजिटलको एकैपटक ५ ओटा नयाँ शोरूम उद्घाटन

काठमाडौं– सीजी डिजिटलले बिर्तामोड, दमक, वीरगञ्ज,नवलपरासी र काठमाडौंको बिशालनगरमा नयाँ शोरूम

बालेनको प्रश्न- स्थानीय सरकारका समस्या संघलाई नै भन्नुपरे प्रदेशको के काम ?

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहले अधिकार लिन र

क्यालिफोर्नियामा आगलागी : ज्यान गुमाउनेको संख्या १६ पुग्यो, क्षति अझै बढ्ने

काठमाडौं- अमेरिकामा केही दिनदेखि सल्किरहेको आगोमा परेर मर्नेको सङ्ख्या बढ्दैछ