अपहरण आरोपमा इटहरीबाट तीन जना पक्राउ « Khabarhub

अपहरण आरोपमा इटहरीबाट तीन जना पक्राउ


९ श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुनसरी- एक युवकलाई अपहरणपछि बन्धक बनाएको आरोपमा इटहरीबाट तीन जनालाई प्रहरी पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा इटहरी उपमहानगरपालिका–७ का २५ वर्षीय सङ्गीत थापा, १९ वर्षीय अनिष कार्की र इटहरी–८ का २३ वर्षीय शिद्धार्थ राई रहेका छन् ।

इटहरी–४ का २२ वर्षीय निर्मल श्रेष्ठलाई बन्धक बनाएर निर्घात कुटपिट गरेको उनीहरूलाई आरोप छ ।

इटहरी–८ फूलबारी टोलमा पुर्‍याएर आँखामा पट्टी बाँध्दै श्रेष्ठमाथि कुटपिट गर्दै गरेको अवस्थामा तीनै जनालाई पक्राउ गरिएको सुनसरीका एसपी सञ्जयसिंह थापाले जानकारी दिए ।

प्रहरीका अनुसार घटनाको कारण खुल्न बाँकी छ । पक्राउ परेका तीनै जनाविरुद्ध अपहरण तथा शरीर बन्धक मुद्दामा म्याद थप गरेर अनुसन्धान थालिएको एसपी थापाले जानकारी दिए ।

प्रकाशित मिति : ९ श्रावण २०७८, शनिबार  १ : ५० बजे

काठमाडौंमा वर्ल्डकप क्रेज

काठमाडौं– सात समुद्रपारि अमेरिका, क्यानडा र मेक्सिकोमा भइरहेको फुटबल विश्वकपले

११ जिल्लामा बर्ड फ्लु : ५ लाख बढी कुखुरा नष्ट

काठामाडौँ– देशका विभिन्न ११ जिल्लामा बर्ड फ्लु (एभियन इन्फ्लुएन्जा) संक्रमण

तातो हावाको लहर कायमै रहने सम्भावना

काठमाडौं– देशका पश्चिमी तराई क्षेत्रमा तातो हावाको लहर (हिटवेभ) को

थलथलेमा खानेपानीको समस्या हट्यो,३३ घरमा ‘एक घर, एक धारा’ जडान

भोजपुर– यहाँको थलथले खानेपानी आयोजनामार्फत ३३ घरमा ‘एक घर, एक धारा’

अवरुद्ध बेनी–जोमसोम सडक १२ घण्टापछि खुल्यो 

म्याग्दी– सडकमा थुप्रिएको ढुङ्गा पन्छाएपछि म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई