युथ फोर्थ र अखिल फोर्स तत्काल खारेज गर्न भट्टराईको माग « Khabarhub

युथ फोर्थ र अखिल फोर्स तत्काल खारेज गर्न भट्टराईको माग


९ श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा (एमाले)का नेता योगेश भट्टराईले युथ फोर्स र अखिल फोर्स गठन गरेकोप्रति आपत्ति जनाउँदै तत्काल खारेज गर्न माग गरेका छन् ।

अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपाल समूहले युथ फोर्स र अनेरास्ववियु व्यूँताएपछि भट्टराईले सामाजिक सञ्जाल फेसबुकमार्फत ती संगठन व्यूँताएकोमा औचित्यमाथि प्रश्न गरेका छन् ।

‘अनेरास्ववियु र युवासंघ जस्ता संगठनलाई ओझेलमा राखेर निर्माण गरिएका युथ फोर्स अखिल फोर्सको औचित्य के छ’,भट्टराईले प्रश्न गरेका छन् ।

पार्टीभित्र यसरी भिन्नभिन्न संगठन निर्माण गरेर समाजमा आतंकको आभास दिएको र युवालाई अराजनीतिकरण तथा अपराधीकरण गर्न उद्दत गरिएको नेता भट्टराईको टिप्पणी छ ।

उनले यस्ता समूहहरु तत्काल खारेज गर्न अध्यक्ष ओली र नेता माधव नेपाललाई आग्रहसमेत गरेका छन् ।

प्रकाशित मिति : ९ श्रावण २०७८, शनिबार  २ : ०५ बजे

बर्खा लागिसक्दा के छ बीपी राजमार्गको अवस्था ? कस्ता छन् सुरक्षा रणनीति ?

काठमाडौँ – राजधानीसँग पूर्वी जिल्ला जोड्ने मुख्य मानिने बीपी राजमार्ग

फिफाको निलम्बनमा पर्‍यो एन्फा, सरकार र राखेपबाट हस्तक्षेप भएको निष्कर्ष  

काठमाडौं– अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले अखिल नेपाल फुटबल संघ

बीपी राजमार्गमा पुनर्निर्मित ‘ट्रयाक’बाट यातायात  सञ्चालनको तयारी

काभ्रेपलाञ्चोक– पटकपटकको बाढीपहिरोले क्षतिग्रस्त बीपी राजमार्गको काभ्रेपलान्चोक–सिन्धुली खण्डमा स्थायी रुपमा थालिएको

काठमाडौंमा वर्ल्डकप क्रेज

काठमाडौं– सात समुद्रपारि अमेरिका, क्यानडा र मेक्सिकोमा भइरहेको फुटबल विश्वकपले

११ जिल्लामा बर्ड फ्लु : ५ लाख बढी कुखुरा नष्ट

काठामाडौँ– देशका विभिन्न ११ जिल्लामा बर्ड फ्लु (एभियन इन्फ्लुएन्जा) संक्रमण