अहिले मन्त्री बनाउँन आएको दबाबले आतंकित छु : प्रचण्ड « Khabarhub

अहिले मन्त्री बनाउँन आएको दबाबले आतंकित छु : प्रचण्ड

'पार्टीका ४९ जना सांसदले नै मन्त्री चाहियो भन्छन्'


९ श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्य पुष्पकमल दाहाल प्रचण्डले पार्टीभित्रबाट मन्त्री छान्न हैरानी र तनाव भएको बताएका छन् ।

शनिबार माओवादी मुख्यालय पेरिसडाँडामा आयोजित नरबहादुर कर्माचार्यको ८ औं स्मृति सभामा बोल्दै प्रचण्डले सरकार विस्तारलाई लिएर आफू चिन्ता र तनावमा रहेको बताएका हुन् ।

पार्टीका धैरै नेताहरु आकांक्षी भएपछि प्रचण्डले आफूलाई अप्ठ्यारो परेको र माओवादीले धेरैमा ७ जना मन्त्री पाउने बताए ।

पार्टीभित्रका ४९ जना सांसद सबैलाई मन्त्री चाँहिएको भन्दै उनले पद र अवसर नपाए नेतृत्वलाई गाली गर्ने प्रवृत्ति बढेको गुनासो गरे । कुरा आदर्शको गर्ने तर पदका लागि जे पनि गर्ने प्रवृतिलाई अब अन्त्य गर्नुपर्ने उनले बताए। ‘अहिले मन्त्री बन्ने आकांक्षीहरूको हुल आइरहेको छ, आतंक छ मेरो दिमागमा, कसलाई मन्त्री बनाउन कसलाई नबनाउने ?’

त्यस्तै प्रचण्डले गठबन्धनका विरोधीहरुले यो गठबन्धन फुटाउन तिर लागेको टिप्पणी गरे । एमसीसीमा भिडाएर गठबन्धनबीच झगडा गराउने प्रयास भइरहेको उनको भनाइ छ । संविधान बचाएर ठूलै लडाइँ जितिएको भन्दै प्रचण्डले अझै चुनौति बाँकी रहेको बताए ।

ओली प्रवृत्ति विरुद्ध जनताको जित भएको उनको टिप्पणी थियो । ‘जे गरे पनि उनैले जित्छन् भन्ने थियो । तर केपी ओली नराम्रोसँग इतिहासमा पछारिएका छन् । अब यो बर्बराहाट पनि धेरै दिन टिक्छ जस्तो लागेको छैन । किन भने उनकै पार्टीभित्र उनलाई चिन्ने क्रम शुरू भइसकेको छ ।’

साथै उनले माधव नेपालले केपी ओलीलाई महाराजधिराज भनेकोमा उनले धन्यवाद दिए । उनले भने, ‘माधव जीले ओलीलाई महाराजधिराज खुशी हुनु भएछ हामीलाई आममाफी भयो भन्नु भएछ । बडो सुन्दर व्यंग्य ! मैले उहाँलाई धन्यवाद पनि दिएँ ।’

उनले संविधानलाई सही ट्रयाकमा ल्याएर बनेको सरकारले जनता र देशको पक्षमा काम गर्नुपर्ने जिकिर गरे । सरकारले शुरुमा नै सबै नागरिकलाई कोरोना खोपको व्यवस्था गर्ने निर्णय स्वागत योग्य रहेको उनले बताए ।

प्रकाशित मिति : ९ श्रावण २०७८, शनिबार  ३ : ४० बजे

मोबाइलको कभर र सिसा फेर्दा ३५० तिरेका पुडासैनीलाई १० लाखको बम्पर उपहार

काठमाडौँ । करदाता प्रोत्साहन पुरस्कार अन्तर्गत साउन महिनाको दोस्रो बम्पर

राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त

काठमाडौँ । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त

गोरखामा चट्याङ लागेर दुईजना घाइते

काठमाडौँ । चट्याङ लागेर बुधबार गोरखामा दुईजना घाइते भएका छन्

आशिका तामाङले भनिन् : अबदेखि भद्र र मर्यादित बन्ने कोसिस गर्छु

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले अबदेखि

सरकारी निकायमा स्वदेशी वस्तुको प्रयोग गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशन तथा स्वदेशी उद्यमी र