एमालेविरुद्ध षड्यन्त्र भइरहेको छ, पार्टी फुटाउने अध्यादेश ल्याए आगो बाल्छौँ : महेश बस्नेत | Khabarhub Khabarhub

एमालेविरुद्ध षड्यन्त्र भइरहेको छ, पार्टी फुटाउने अध्यादेश ल्याए आगो बाल्छौँ : महेश बस्नेत


९ श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा (एमाले) का नेता महेश बस्नेतले एमालेविरुद्ध लाग्ने बुद्धिजीवीलाई साइबर सेनासँग मिलेर ठेगान लगाउने चेतावनी दिएका छन् ।

शनिबार युथफोर्सको भ्याली कमाण्ड घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘बुद्धिजीवीविरुद्धको संगठन होइन, बुद्धिजीवीको नाममा कुनै पार्टीको प्रतिनिधि बनेर हाम्रो पार्टीविरुद्ध बिष ओकल्नेलाई युथ फोर्सले साइबर सेनासँग मिलेर बौद्धिक अराजकतावादीहरुलाई ठिक ठाउँमा राख्ने छ ।’

उनले युथ फोर्स कुनै अदालतविरुद्ध खोलिएको संगठन नभएको समेत बताए । बस्नेतले युथफोर्स माधव नेपालविरुद्ध नभई माधव नेपाल प्रवृत्तिविरुद्ध रहेको पनि बताए ।

साथै बस्नेतले एमाले सरकारले गरेका राजनीतिक नियुक्ति खारेज गर्ने र एमाले फुटाउने अध्यादेश ल्याए त्यसको कडा रूपमा प्रतिवाद गर्ने बताए । उनले भने, ‘पहिले एमाले बलियो बनाउन अध्यादेश ल्याउँदा, अध्यादेश फेल गराइयो, अहिले फेरि एमाले फुटाउन अध्यादेश ल्याउनुभयो भने देशभरि आगो बल्छ ।’

उनले राष्ट्रपतिविरुद्ध महाअभियोग लगाउने षड्यन्त्र भइरहेको उल्लेख गर्दै त्यस्तो नसोच्न सत्तारुढ गठबन्धनलाई आग्रह गरे ।

नेता बस्नेतले युथफोर्सप्रति पार्टी बाहिर र भित्रैबाट पनि आशंका पालिएको भन्दै त्रसित नहुन पनि आग्रह गरेका छन् ।

प्रकाशित मिति : ९ श्रावण २०७८, शनिबार  ५ : २५ बजे

एभरेस्ट महिला भलिबल: पोखराविरुद्ध काठमाडौं स्पाइकर्सको जित

काठमाडौं- एभरेस्ट महिला भलिबल लिग प्रतियोगितामा काठमाडौं स्पाइकर्सले जित निकालेको

फ्रान्सका राष्ट्रपति म्याक्रोन भन्छन्ः आगामी युद्ध अन्तरिक्षबाट सुरु हुनेछ

पेरिस – रुसले उत्पन्न गरेको खतरालाई उजागर गर्दै फ्रान्सका राष्ट्रपति

अराजकताबाट जन्मिएको सरकार लोकतान्त्रिक हुन सक्दैनः केपी ओली

भक्तपुर– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अराजकताबाट जन्मिएको सरकार

छत्रकुमारी हत्या प्रकरणमा दुई जना पक्राउ

सिन्धुली – तीनपाटन गाउँपालिका–२ पैरेकी छत्रकुमारी कार्की थापाको हत्या प्रकरणमा

हिरासतबाट फरार दुई थुनुवा घरबाट पक्राउ

झापा- जेनजी आन्दोलनका क्रममा हिरासतबाट फरार दुई थुनुवा आज आफ्नै