देशको सबैभन्दा बढी जनसङ्ख्या एमालेमा छन् : ओली « Khabarhub

देशको सबैभन्दा बढी जनसङ्ख्या एमालेमा छन् : ओली


१० श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा बाटो बिराएकालाई फर्केर आउन आग्रह गरेका छन् । अखिल नेपाल महिला सङ्घ (अनेमसङ्घ) को सचिवालयको प्रथम बैठकलाई आज भर्चुअल सम्बोधन गर्दै उनले सो आग्रह गरेका हुन् । उनले यसअघि पनि बाटो बिराएकालाई आममाफी दिने घोषणा गरेका थिए ।

“बाटो बिराएकालाई पनि फर्केर आउन आग्रह गर्छु, पार्टीको नीति र सिद्धान्तअनुसार चल्नुपर्छ”, उनले भने, “पार्टीलाई स्वार्थ र विकाउमा नलगाउ, देशको सबैभन्दा बढी जनसङ्ख्या एमालेमा छन्, परिपक्क राजनीतिक पार्टी हो, यो देशको मुख फेर्ने पार्टी हो ।” पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले पार्टीलाई नमूना बनाई सुशासन र विकासका लागि काम गर्नुपर्नेमा जोड दिए । उनले भने, “राजनीतिलाई बेठीक बाटोमा लान खोजिँदैछ, राजनीतिलाई संसद्बाट अलग्याउन खोजिँदैछ, राजनीतिलाई राजनीतिबाट अलग्याइँदैछ, त्यही सम्झेर मैले जनतामा जानुपर्छ भनेर निर्वाचनको घोषणा गरेको थिएँ ।”

अध्यक्ष ओलीले एमाले पनि भन्न नछाड्ने, अनुचित क्रियाकलापमा सहभागी हुने क्रियाकलाप अपराध विषय भएको र यसले लोकतान्त्रिक आन्दोलनलाई असर परेको बताए । “एकछिन आकाशमा बादल आउन सक्छ, एकछिन ओझेल पार्न सक्छ तर एकछिनपछि सूर्यले प्रकाश दिन्छ नै”, उनले भने, “न्यानोपन दिन्छ नै, यसले आफ्नो सही विचार र सही मार्ग पनि हो, त्यसका लागि महिला जगतको ठूलो सहयोग जरुरी छ ।”

उनले सामाजिक जीवनका हरेक क्षेत्रमा महिला सहभागिता वृद्धि गर्दै लैजानुपर्नेमा जोड दिए । सङ्घका संयोजक थममाया थापाले पार्टीलाई सङ्गठित भएर अगाडि बढाउनुपर्ने र यसका लागि योजनाबद्ध तरिकाले अघि बढ्नुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : १० श्रावण २०७८, आइतबार  ३ : १२ बजे

रातो मच्छिन्द्रनाथको रथ लगनखेल पुर्याइयो

ललितपुर – ललितपुरमा जारी रातो मच्छिन्द्रनाथ जात्राअन्तर्गत आइतबार रथ तानेर

उपत्यकाका चार स्थानमा भत्काइयो अतिक्रमित १२ सय बढी घरटहरा

काठमाडौं – काठमाडौं उपत्यकाका चार स्थानमा सरकारी तथा सार्वजनिक जग्गा

आईपीएल : रिंकू सिंहले जोगाए कोलकाताको ईज्जत, लखनउले पायो १५६ रनको लक्ष्य

कोलकाता – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ अन्तर्गत ३८औँ खेलमा

चट्याङले घर जल्यो, ६ जनाको परिवार विस्थापित

गुल्मी – गुल्मीको धुर्कोट गाउँपालिकामा आज चट्याङका कारण एक घर

बक्स अफिसमा ‘भूत बंगला’को दबदबा, ९ दिनमै कमायो १०० करोड

काठमाडौं – अभिनेता अक्षय कुमार अभिनित फिल्म ‘भूत बंगला’ले बक्स