तेस्रो भेरियन्टको कोरोना रोकथामको तयारीमा प्रदेश सरकार « Khabarhub

तेस्रो भेरियन्टको कोरोना रोकथामको तयारीमा प्रदेश सरकार


११ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कर्णाली- कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले तेस्रो भेरियन्टको कोरोना महामारी रोकथामको तयारीमा प्रदेश सरकार लागेको बताएका छन् ।

कोरोनाको अवस्था र तयारीका विषयमा संवाद समूह सुर्खेतद्वारा आइतबार आयोजित अन्तरक्रियामा मन्त्री बुढाक्षेत्रीले पहिलो र दोस्रो भेरियन्टपश्चात् विश्वमा देखिएको तेस्रो भेरियन्टसहितको कोरोना महामारीको प्रभावबाट कर्णालीका जनतालाई बचाउन प्रदेश सरकार तयारीमा जुटेको बताए ।

“नागरिकको स्वास्थ्यप्रति गम्भीर रहेको प्रदेश सरकार कोरोना महामारीको दुवै चरण पार गरिसकेपछि तेस्रो भेरियन्टको आवश्यक तयारी जनशक्ति तथा उपकरणको व्यवस्थापनमा प्रदेश सरकार निरन्तर लागिरहेको छ”, मन्त्री बुढाक्षेत्रीले भने, “नागरिकको स्वास्थ्यप्रति हामी गम्भीर छौँ, त्यसैले पनि अहिलेको अवस्थामा पहिलो प्राथमिकतामा स्वास्थ्यलाई राखेका छौँ ।”

कोरोना रोकथाम र नियन्त्रणका लागि प्रदेश सरकारले कर्णालीका सबै स्थानीय तहसँग समेत सहकार्य गरेको बताउँदै उनले सामाजिक विकास मन्त्रालयले चौधरी फाउण्डेशनसँगको सहकार्यमा वीरेन्द्रनगर नगर अस्पताल र युएनडिपीको सहकार्यमा मेहेलकुना अस्पतालमा अक्सिजन प्लान्ट स्थापनाको काम अन्तिम चरणमा पुगेको जनाए ।

कर्णालीका हरेक नागरिकलाई कोरोना खोपको व्यवस्थापन गर्ने प्रतिबद्धता जनाउनुभएका मन्त्री बुढाक्षेत्रीले औषधि र जनशक्तिको अभावमा नागरिकले सेवाबाट वञ्चित नहुने भन्दै प्रदेशका विभिन्न नाकामा हेल्प डेस्कसहित आवश्यक जनशक्तिको व्यवस्थापन गरिसकेको बताए ।

प्रकाशित मिति : ११ श्रावण २०७८, सोमबार  ११ : २५ बजे

ताइवानी अम्बाले बदलेको सिर्जनाको दैनिकी

बाँके- बाँकेको खजुरा गाउँपालिका–२ एल गाउँकी सिर्जना खत्री विष्टलाई चार

सरकारी कार्यालयमा स्वदेशी वस्तुको प्रयोग बढाउन सरकारको आग्रह

काठमाडौँ– प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सबै सरकारी निकायलाई स्वदेशी उत्पादन

प्रादेशिक अस्पताल भद्रपुरमा प्रसूति सेवा लिने सेवाग्राहीको चाप उच्च

झापा– झापाको भद्रपुरस्थित प्रादेशिक अस्पतालमा प्रसूति सेवा लिनेको सङ्ख्या पछिल्लो

मल्टिस्टारर बन्ने भयो ‘द राइज अफ साम्राज्य’, विजयको पनि प्रवेश

काठमाडौँ- सौरभ चौधरीको निर्देशनमा बन्ने फिल्म ‘द राइज अफ साम्राज्य’

रघुगङ्गामा ज्येष्ठ नागरिकको घरमै पुगेर स्वास्थ्य परीक्षण

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिकाले ज्येष्ठ नागरिकको घरमै पुगेर स्वास्थ्य परीक्षण