सुविधा कटौती भएपछि केएमसीका कर्मचारी आन्दोलित « Khabarhub

सुविधा कटौती भएपछि केएमसीका कर्मचारी आन्दोलित


११ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँको सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेज (केएमसी) का कर्मचारी आन्दोलनमा उत्रिएका छन् । कलेजमा नयाँ व्यवस्थापन आएपछि आफूले खाइपाइ आएको सेवा सुविधा कटौती गरेको भन्दै कर्मचारीहरुले सोमबार कलेज अगाडी प्रर्दशन गरेका हुन् ।

विगतमा अस्पतालले दिएको सेवा सुविधालाई नयाँ व्यवस्थापनले कटौती गरेपछि आफूहरु आन्दोलमा उत्रन बाध्य भएको एक कर्मचारीले बताए ।

कलेजमा डा. सुनिल शर्माको नेतृत्वमा नयाँ व्यवस्थापन आएपछि कर्मचारीको सेवा सुविधा कटौती गरेको कर्मचारीहरुको भनाइ छ । त्यस्तै परीक्षण काल पूरा गरेको डेढ वर्षपछि कर्मचारीहरुलाई स्वतः स्थायी गर्नुपर्नेमा त्यस्तो नभएको भन्दै तत्काल परीक्षणकाल सकेका कर्मचारीहरुलाई स्थायी गर्नुपर्ने माग पनि उनीहरुको छ ।

तर कलेज प्रशासनले भने कलेजले खटाएको ठाँउमा कर्मचारी नगएपछि विवाद भएको बताएको छ ।

प्रकाशित मिति : ११ श्रावण २०७८, सोमबार  २ : १५ बजे

नभसुरक्षामा नेपाली सेना सक्रिय

काठमाडौं – नेपाली सेनाको हवाई सेवाले दुई लाख घण्टाभन्दा बढी

दीपेन्द्रको अर्धशतकमा सुदूरपश्चिमको पहिलो जित, पोखरा ६ विकेटले पराजित

काठमाडाैं – कप्तान दीपेन्द्रसिंह ऐरीको अविजित अर्धशतकप्रेरित सुदूरपश्चिम रोयल्सले नेपाल

पोखराविरुद्ध सुदूरपश्चिमलाई चौथो झट्का, इशान पाण्डे आउट

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा पोखरा एभेन्जर्सविरुद्ध सुदूरपश्चिम

चिकित्सा शिक्षा क्षेत्रमा राखिएका माग सम्बोधन गरिने

काठमाडौं – स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका आन्दोलनरत विभिन्न पक्षसँग

स्वयम्भू संरक्षणका लागि पाँच करोड ४० लाख बजेट स्वीकृत

काठमाडौँ – विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूको संरक्षण तथा व्यवस्थापनका लागि