राष्ट्रिय एकता अभियानद्वारा प्रदेश २ सरकारविरुद्ध जनकपुरमा प्रदर्शन « Khabarhub

राष्ट्रिय एकता अभियानद्वारा प्रदेश २ सरकारविरुद्ध जनकपुरमा प्रदर्शन


११ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– राष्ट्रिय एकता अभियानले प्रदेश २ सरकारविरुद्ध जनकपुरमा प्रदर्शन गरेको छ ।

प्रदेश २ सरकारले मदरसा शिक्षा विधेयक ल्याएर प्रदेशलाई तालिबान बनाउन लागेको आरोप लगाउँदै एकता अभियानले प्रदर्शन गरेको हो । उनीहरुले विधेयक फिर्ताको माग गर्दै प्रदर्शन गरेका हुन् ।

अभियानका केन्द्रीय अध्यक्ष विनय यादवको नेतृत्वमा गरिएको बिरोध प्रदर्शनमा अभियानका संरक्षक नवल किशोर बाबा, उपाध्यक्ष सुनीता साह, वरिष्ठ नेता काशीन्द्र यादव, केन्द्रीय सदस्य मनोज पासवान, शर्मिला माहरा,जितेन्द्र दास, प्रदेश २ संयोजक मिथुन साह, जनकपुर संयोजक मनीष पुरबे, उपाध्यक्ष एस के यादव लगायतका युवाहरुको उपस्थिति रहेको थियो ।

राष्ट्रिय एकता अभियानले मुख्यमन्त्री राउतको राजीनामा समेत माग गरेको छ । जनकपुरको रामानन्द चोकबाट शुरु भएको र्‍याली जनकचोक हुँदै भानु चोकमा पुगेर कोणसभामा परिणत भएको थियो । विरोध प्रदर्शनका क्रममा उनीहरुले मुख्यमन्त्री राउतको पुतला दहन गरेका छन् ।

प्रकाशित मिति : ११ श्रावण २०७८, सोमबार  ९ : १७ बजे

सात हजार कुखुराको ‘पोष्टमार्टम’ : १० रोग पहिचान

चितवन– चितवनमा रहेको राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशालाले एक वर्षमा

धुर्मुस-सुन्तलीजस्तै नयाँ नेतृत्व पनि पलायन हुनुपर्ने अवस्था आउन सक्छ: शङ्कर पोखरेल

काठमाडौँ – नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले स्पष्ट योजना र

नेपालमा १६८ प्रजातिका लामखुट्टे, कीटजन्य रोगको जोखिम बढ्दो

काठमाडौँ– विश्व लामखुट्टे दिवस नेपालमा ‘सानो टोकाइ, ठूलो चुनौती’ भन्ने

बुवाको निधनपछि मेसीको पहिलो गोल, इन्टर मियमी र फिलाडेल्फियाले खेले बराबरी

काठमाडौँ – स्टार फुटबलर लियोनेल मेसीले आफ्ना पिताको निधनपछिको पहिलो

कुकुर राख्ने ‘होस्टेल’ (तस्बिर)

बागलुङ– घरपालुवा कुकुरलाई छोड्नु, अनियन्त्रित प्रजननलगायत कारणले बजारका गल्ली–गल्लीमा बेवारिसे,