कांग्रेस पदाधिकारी बैठक आज, महाधिवेशनदेखि मन्त्रिपरिषद विस्तारसम्मका विषय छलफलमा « Khabarhub

कांग्रेस पदाधिकारी बैठक आज, महाधिवेशनदेखि मन्त्रिपरिषद विस्तारसम्मका विषय छलफलमा


१२ श्रावण २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ ।

बिहान १० बजे पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बस्नै बैठकमा पार्टीको आसन्न १४औँ महाधिवेशन र मन्त्रिपरिषद विस्तारसम्मका विषय छलफलमा रहेको नेता डा.प्रकाशशरण महतले जानकारी दिए ।

बैठकमा कांग्रेसले क्रियाशील सदस्यता विवाद हल गर्न गठित छानविन समितिले प्रतिवेदन बुझाउने तयारी पनि गरेको छ । समितिको उक्त प्रतिवेदनलाई आधार मानेर क्रियाशीलता सदस्यता विवादलाई लिएर पार्टी कार्यालयमा जारी धर्ना र अनसनरत नेता कार्यकर्ताको माग सम्बोधनको तयारी पनि भएको छ ।

आजको बैठकमा फेरफेर भएका महाधिवेशनका कार्यतालिकालाई कसरी अघि बढाउँदै महाधिवेशन निर्धारित मितिमै अघि बढाउन सकिन्छ भन्नेबारेमा पदाधिकारीहरुले राय दिने  पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।  साउन १२ का लागि तय भएको कांग्रेसको वडा अधिवेशन स्थगित भइसकेको छ । कांग्रेस महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म गर्ने कार्यतालिका छ ।

आजको बैठकमा मन्त्रिपरिषद विस्तारका विषयमा पनि छलफल हुने जनाइएको छ । सभापति देउवाले सल्लाह नै नगरी स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठलाई नियुक्त गरेपछि कतिपय नेताहरु रूष्ट छन् । उनीहरुले यसबारे प्रश्न उठाउने तयारी गरेका छन् ।

प्रकाशित मिति : १२ श्रावण २०७८, मंगलबार  ७ : २६ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना