अक्सिजन कन्सन्ट्रेटर सहयोग « Khabarhub

अक्सिजन कन्सन्ट्रेटर सहयोग


१२ श्रावण २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दमौली-  नेपाल रेडक्रस सोसाइटी तनहुँ शाखाले व्यास नगरपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।

कोभिड–१९ नियन्त्रणका लागि रेडक्रस सोसाइटीले अक्सिजन कन्सन्ट्रेटरसहितका स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो ।

नगरपालिकाले वडा नं १० दुम्सीस्थित आधारभूत स्वास्थ्य केन्द्रमा सञ्चालन गर्न लागेको नगरस्तरीय अस्पतालका लागि स्वास्थ्य सामग्री सहयोग गरिएको रेडक्रस तनहुँका मन्त्री चिनु पोख्रेलले जानकारी दिए । उनका अनुसार नगरपालिकालाई एक थान अक्सिजन कन्सन्ट्रेटर, थर्मलगन, अक्सोमिटर, फेसशिल्ड, सर्जिकल गाउन, सर्जिकल क्यापलगायतका सामग्री हस्तान्तरण गरिएको छ ।

नगरप्रमुख वैकुण्ठ न्यौपानेलाई सामग्री हस्तान्तरण गर्दै रेडक्रस तनहुँका सभापति वाग्लेले कोभिड न्यूनीकरणका लागि रेडक्रसले आवश्यक सामग्री सहयोग गर्दै आएको र भविष्यमा पनि गर्ने बताए ।

नगरप्रमुख न्यौपानेले कोभिड न्यूनीकरण सबैको साझा प्रयासबाट सम्भव रहेको उल्लेख गर्दै रेडक्रसप्रति आभार व्यक्त गरे । विसं २०२७ मा स्थापित रेडक्रस तनहुँले सेवामूलक काम गर्दै आएको छ ।

कोरोनाको अवधिमा रेडक्रस तनहुँ शाखाले सङ्गठन विकास, विपद् व्यवस्थापन, स्वास्थ्य तथा सामुदायिक हेरचाह तथा यसको सिद्धान्तका बारेमा विभिन्न कार्यक्रम गरेको जनाएको छ ।

रेडक्रसले कोरोना रोकथामका उपाय फैलाउने, देवघाट, कोटदरबार र दुम्सीकोटको एम्बुलेन्सका लागि रेगुलेटरसहितका सिलिण्डर वितरण, २८ वटा उपशाखामा मास्क, स्यानिटाइजरलगायतका स्वास्थ्य सामग्री वितरण, स्वयंसेवक परिचालन, खोप लगाउनका लागि प्रेरित गर्ने,  बन्दीपुर र पुरनडिही अस्पतालमा अक्सिजन कन्सन्ट्रेटर सहयोग, अक्सिजन सिलिण्डर वितरण गरेको जनाएको छ ।

प्रकाशित मिति : १२ श्रावण २०७८, मंगलबार  ११ : १० बजे

सात हजार कुखुराको ‘पोष्टमार्टम’ : १० रोग पहिचान

चितवन– चितवनमा रहेको राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशालाले एक वर्षमा

धुर्मुस-सुन्तलीजस्तै नयाँ नेतृत्व पनि पलायन हुनुपर्ने अवस्था आउन सक्छ: शङ्कर पोखरेल

काठमाडौँ – नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले स्पष्ट योजना र

नेपालमा १६८ प्रजातिका लामखुट्टे, कीटजन्य रोगको जोखिम बढ्दो

काठमाडौँ– विश्व लामखुट्टे दिवस नेपालमा ‘सानो टोकाइ, ठूलो चुनौती’ भन्ने

बुवाको निधनपछि मेसीको पहिलो गोल, इन्टर मियमी र फिलाडेल्फियाले खेले बराबरी

काठमाडौँ – स्टार फुटबलर लियोनेल मेसीले आफ्ना पिताको निधनपछिको पहिलो

कुकुर राख्ने ‘होस्टेल’ (तस्बिर)

बागलुङ– घरपालुवा कुकुरलाई छोड्नु, अनियन्त्रित प्रजननलगायत कारणले बजारका गल्ली–गल्लीमा बेवारिसे,