प्रहरीले फेला पार्यो राज र शिल्पाको संयुक्त बैंक खाता « Khabarhub

प्रहरीले फेला पार्यो राज र शिल्पाको संयुक्त बैंक खाता


१२ श्रावण २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(अमर उजाला)–पोर्न फिल्म बनाएको मामलामा पक्राउ परेका भारतीय व्यापारी राज कुन्द्रालाई लिएर एक नयाँ खुलासा भएको छ । जुन खुलासाले उनकी अभिनेत्री पत्नी शिल्पा शेठ्ठी पनि समस्यामा पर्ने जनाइएको छ ।

प्रहरीले राज र शिल्पाको संयुक्त बैंक खाता फेला पारेको छ । यो खातामा लेनदेनको सम्बन्ध कुन तहसम्म थियो भन्ने अहिले अनुसन्धान गरिरहेको छ । प्रहरीले यो खातामा पोर्न फिल्मको पनि पैसा जम्मा हुने गरेको दाबी गरेको छ ।

क्राइम ब्राञ्चको जाँचले पञ्जाब नेशनल बैंक(पीएनबी)को यो संयुक्त खातामा करोडौं रुपैंयाँ जम्मा गरेको फेला पारेको छ । प्रहरीले ह्वाट्स एप र बलीफेम एपबाट कमाईको कालो धनलाई यसै खातामा जम्मा गरिएको हुनसक्ने दाबी गरेको छ । त्यहीकारण ब्राञ्चको चार सदस्यीय टिम यो खातामा भएको लेनदेनलाई सुक्ष्म रुपले अध्ययन गरिरहेको छ ।

पीएनबीको यो संयुक्त खाताका अलावा कुन्द्राको एक अलग खाता पनि छ । तर सन् २०१६ देखि यो खातामा कारोबार भएको छैन । रोचक कुरा के छ भने यो खातामा न्यूनतम ब्यालेन्स पनि राखिएको छैन ।

प्रहरीले जुलाई २३ मा राजको कुन्द्रा अँधेरीस्थित विआन इन्डस्ट्रीको भवनमा फेला पारेको सेक्रेट लकरबाट पीएनबीमा राज र शिल्पाको संयुक्त खाताको दस्तावेज र कैयौं पोर्न फिल्मको स्क्रिप्ट फेला पारेको थियो । जसको आधारमा जाँच तिब्र पारिएको छ ।

पोर्न फिल्म निर्माणको मामलामा शिल्पाको सहभागिताको सवाल अहिले केही बाहिर आएको छैन । यहीकारण उनी लगातार रुपमा पति राजको बचाऊ गरिरहेकी छन् । तर राज र शिल्पाको संयुक्त खाताको अनुसन्धानमा यदि प्रहरीले पोर्न फिल्मको कमाईको कुनै सम्बन्ध भेटाएमा शिल्पाका लागि पनि समस्या बन्ने समाचारमा जनाइएको छ ।

प्रकाशित मिति : १२ श्रावण २०७८, मंगलबार  १ : १५ बजे

जलवायु न्यायको माग गर्दै माइतीघर मण्डलामा प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय जेन-जी नागरिक अभियानले जलवायु न्यायको माग गर्दै बिहीबार

शिक्षक सेवा आयोगको अध्यक्षमा डा. हरिप्रसाद लम्साल

काठमाडौं– सरकारले शिक्षक सेवा आयोगको अध्यक्षमा पूर्व सचिव डा. हरिप्रसाद

गमगढी–नाक्चेलाग्ना नाका सडक लथालिङ्ग

मुगु– गमगढी–नाक्चेलाग्ना  सडक  लथालिङ्ग अवस्थामा पुगेको छ ।   नेपाल

सहसचिवद्वय खत्री र कुँवर सचिवमा बढुवा

काठमाडौं– सरकारले सहसचिवद्वय उत्तरकुमार खत्री र बिनोदबहादुर कुँवरलाई सचिव पदमा

प्रधानमन्त्री बालेनको अमेरिका भ्रमण स्वीकृत

काठमाडौं- सरकारले संयुक्त राष्ट्रसंघको ८१ औँ महासभामा प्रधानमन्त्री वालेन्द्र शाहको