एसईईको नतिजा साउन २५ सम्ममा सार्वजनिक हुने | Khabarhub Khabarhub

एसईईको नतिजा साउन २५ सम्ममा सार्वजनिक हुने


१२ श्रावण २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– माध्यमिक शिक्षा परीक्षा(एसईई)को नतिजा साउन २५ गतेभित्र आउने भएको छ ।

आगामी शुक्रबारभित्र विद्यार्थीको नतिजा रुजु गरिसक्ने र त्यसको एक साताभित्रमा नतिजा प्रकाशन गर्ने परीक्षा नियन्त्रक रूद्र अधिकारीले बताए ।

उनका अनुसार, बोर्डले अहिले सबै जिल्लाका विद्यार्थीहरुको नतिजा विवरण प्राप्त गरिसकेको छ । यसअघि साउन मसान्तमा परीक्षा प्रकाशन भनिए पनि त्यो भन्दा नै छिटो गर्ने तयारी भएको अधिकारीले बताए।

उनका अनुसार २०७७ सालको एसईई परीक्षाको लागि ५ लाख १७ हजार विद्यार्थीले रजिष्ट्रेशन फारम भरेका छन् ।

बोर्डले माध्यमिक शिक्षा (एसईई)कक्षा १० को विद्यार्थी मूल्यांङ्कन, नतिजा प्रकाशन तथा प्रमाणिकरण कार्यविधि, २०७८ जारी गर्दै सैद्धान्तिक तर्फ कुनै पनि विषयमा ८० प्रतिशत वा सो भन्दा बढी प्राप्तांङ्क  प्राप्त गर्ने विद्यार्थीको विषगत शिक्षकले के कारण उक्त नम्बर दिइएको हो भनेर कारण खुलाउनु पर्ने जनाएको छ ।

प्रकाशित मिति : १२ श्रावण २०७८, मंगलबार  ५ : ४० बजे

चार दिनदेखि विद्युत आपूर्ति बन्द

हुम्ला– हुम्लाको सदरमुकाम सिमकोट चार दिनदेखि अन्धाकार भएको छ ।

एआईमा चीन भन्दा अमेरिका अगाडि, आविष्कारसँगै व्यावहारिक प्रयोगको अभ्यास

जेनेभा – संयुक्त राज्य अमेरिका र चीन कृत्रिम बुद्धिमत्ता (एआई)

कालीगण्डकी कोरिडोर : लस्ती–बेनी खण्ड कालोपत्र गरिँदै

म्याग्दी– कालीगण्डकी कोरिडोरअन्तर्गत लस्ती–बेनी खण्डमा कालोपत्र गर्न थालिएको छ ।

मतदाता नामावलीमा नाम दर्ता गर्नेको उत्साहजनक सहभागिता 

बैतडी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

देशभरको मौसम सफा रहने

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल