अर्थमन्त्रीसँग अमेरिकी राजदूत बेरीको शिष्टाचार भेट | Khabarhub Khabarhub

अर्थमन्त्रीसँग अमेरिकी राजदूत बेरीको शिष्टाचार भेट


१२ श्रावण २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अर्थमन्त्री जनार्दन शर्मासँग नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीबीच शिष्टाचार भेटवार्ता भएको छ ।

मन्त्रालयमा आज भएको भेटमा अर्थमन्त्री शर्माले भूकम्पछिको उद्धार र कोभिड महामारीको समयमा प्राप्त भएको अमेरिकी सहयोग अविस्मरणीय रहेको भन्दै सरकारको तर्फबाट धन्यवाद ज्ञापन गरे ।

उनले कोभिडविरुद्धको खोप नेपालको पहिलो प्राथमिकताको विषय भएको भन्दै त्यसको आपूर्तिमा अमेरिकी सरकारबाट थप सहयोग र सहजीकरण हुने विश्वास व्यक्त गरेको अर्थमन्त्रीको सचिवालयले जनाएको छ ।

मन्त्री शर्माले अमेरिकी सरकारको सहयोगमा नेपालमा सञ्चालित परियोजनाको कार्यान्वयनमा अनुगमन गरी तदारुकता दिन सरकारले ध्यान पुर्‍याउने उल्लेख गरे ।

भेटको क्रममा राजदूत बेरीले कोभिडविरुद्धको लडाइँमा अमेरिका नेपालको साथमा रहेको बताए । विगत ७० वर्षदेखि अमेरिकाले नेपालको स्वास्थ्य र शिक्षाको क्षेत्रमा सहयोग गर्दै आएको प्रसङ्ग उल्लेख गर्दै उनले आगामी दिनमा पनि यसलाई निरन्तरता दिने प्रतिबद्धता जनाए ।

कोभिडविरुद्धको खोप अभियानमा सघाउन अमेरिकाले १५ लाख डोज खोप प्रदान गरेको र आगामी दिनमा पनि आवश्यक सहयोग गर्नेतर्फ सकारात्मक रहेको बताए ।

प्रकाशित मिति : १२ श्रावण २०७८, मंगलबार  १० : ५२ बजे

साताको अन्तिम कारोबारको दिन घट्यो नेप्से

काठमाडौं– शेयर कारोबारको अन्तिम दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)

प्रचण्ड काठमाडौं बाहिर हुँदा रोकियो शीर्ष नेताको बैठक

काठमाडौं– समसामयिक राजनीतिक विषयमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसहित

कम्बोडियाका पूर्वशासक हुन सेनसँगको गोप्य अडियो चुहिएपछि थाई प्रधानमन्त्री सिनावात्रालाई सङ्कट

काठमाडौं- कम्बोडियाका पूर्वशासक हुन सेनसँगको फोन कलमा सार्वजनिक आक्रोश निम्त्याएको

आफ्नै निर्णयबाट पछि हटे मेयर बालेन, चार वडाध्यक्षलाई पुरानै जिम्मेवारी 

काठमाडौं– काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह आफैँले गरेको निर्णयबाट पछि

कोलाजको ऐना, अक्षरको विम्ब 

हङकङ साहित्यिक साझा शृङ्खलाको दुई कार्यकाल संयोजक भएर नेतृत्वदायी भूमिका