मन्त्रिपरिषदलाई पूर्णता दिन सत्तारूढ गठबन्धन छलफलमा « Khabarhub

मन्त्रिपरिषदलाई पूर्णता दिन सत्तारूढ गठबन्धन छलफलमा


१३ श्रावण २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मन्त्रिपरिषदलाई पूर्णता दिन सत्तारूढ गठबन्धन छलफलमा छन् ।

गठबन्धनका नेताबीच सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंग्याउन नसक्दा मन्त्रिपरिषद विस्तार हुन सकेको छैन । सरकारलाई पूर्णता दिन प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लागि परेका छन् ।

जनता समाजवादी पार्टी जसपाको आधिकारिकता सम्बन्धी विवाद समाधान भएपछि गठबन्धनको बैठक बस्न लागकेको हो । जसपाको आधाकारिकता विवाद टुंगिए पनि नेकपा एमालेको माधवकुमार नेपाल समूह सरकारमा जाने नजाने टुंगिएको छैन । नेता नेपालले पार्टीभित्रको विवाद हल हुने अपेक्षासहित सरकारमा जानेनजाने बारे गठबन्धनमा खुलस्त भनेका छैनन् भने देउवा र प्रचण्ड नेपालसमूहसहितका नेतालाई सरकारमा पठाउने गरी गृहकार्य गरिरहेको छ ।

उनीहरूले नेता नेपाललाई सरकारमा सहभागी हुन आग्रह गर्दै आएका छन् । गठबन्धनमा आबद्ध दलहरुले नेपाल समूहलाई समावेश गरेर मन्त्रिपरिषद्लाई पूर्णता दिन जोड दिएका छन् ।

प्रकाशित मिति : १३ श्रावण २०७८, बुधबार  ९ : १४ बजे

नारेश्वर तालमा पानी जम्मा हुन सुरु

दमौली– नारेश्वर तालमा पानी जम्मा हुन थालेको छ । पुरिएको

आईजीपीलाई खगेन्द्रको चुनौती- मेरा कुराले मानमर्दन भएजस्तो लागे अदालतमा मुद्दा हाल्नू, कठघरामा उभिएर जवाफ दिन्छु

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले निश्चित

इरानका साझेदारलाई ट्रम्पको कडा चेतावनी

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई सहयोग गर्ने वा उससँग व्यापार

गौमुलमा १० शय्याको अस्पताल सञ्चालनमा, चिकित्सक अभाव मुख्य चुनौती

बाजुरा- बाजुराको गौमुल गाउँपालिकामा १० शय्याको आधारभूत अस्पताल सञ्चालनमा आएको छ।

कांग्रेस फुट्छ कि जुट्छ? ‘गगनजीहरूसँगै जवाफ छ’- रमेश लेखक

काठमाडौं- नेपाली कांग्रेसभित्रको विवाद चर्किरहेका बेला कांग्रेस संस्थापन इतर पक्षका