ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दम्पतीको मृत्यु | Khabarhub Khabarhub

ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दम्पतीको मृत्यु


१३ श्रावण २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

‍दमक- पूर्वपश्चिम राजमार्ग अन्तर्गत झापाको दमक–४ स्थित चियादोकान सडकखण्डमा गएराति ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कनकाई नगरपालिका–३ का होटल व्यवसायी ४३ वर्षीय पूर्णबहादुर विष्ट र उनकी ३६ वर्षीया श्रीमती भीमा विष्ट रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । मृतक दम्पती सुरुङ्गास्थित होटल हेवनका सञ्चालक रहेको बुझिएको छ ।

प्रहरीका अनुसार राति १० बजेतिर पूर्वतर्फ आउँदै गरेको प्र२–०३–०१३प ४७८७ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको ना४ख ८७३० नम्बरको ट्रक एकापसमा जुधेको थियो ।

ठक्करबाट घाइते दम्पतीलाई उपचारका लागि दमकस्थित लाइफलाइन अस्पतालमा लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो । दुर्घटनामा संलग्न ट्रक र ट्रकका चालक मोरङ जिल्ला विराटनगर बस्ने सुजन थापालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १३ श्रावण २०७८, बुधबार  १० : ४० बजे

टी–२० आईमा भीम सार्कीको डेब्यू

काठमाडौं – स्कटल्याण्ड्समा जारी त्रिकोणात्मक टी–२० आई सिरिजअन्तर्गत नेदरल्याण्ड्सविरुद्धको खेलमा

नेपाल प्राकृतिक रुपमा सुन्दर र सम्पन्न छ : राजदूत अन्सारी

काठमाडौं– नेपालका लागि कतारका राजदूत मिशाल एम अल अन्सारीले नेपाल

दिलभुषणविरुद्ध साइबर–५९, अमरेशविरुद्ध आरजु !

काठमाडौं– पूर्वकांग्रेस नेता एवं प्रतिनिधिसभा सदस्य अमरेश कुमार सिंहले गत

टाटासुमोका १० मध्ये आठजना चालक लागुऔषधको नशामा भेटिए

काठमाडौं– काठमाडौंको बल्खुस्थित सुमो काउन्टरमा कार्यरत सवारी चालकहरूले लागुऔषध सेवन