टाटाको बहुप्रतीक्षित नेक्सन ईभी अब नेपालमा, मूल्य कति ? « Khabarhub

टाटाको बहुप्रतीक्षित नेक्सन ईभी अब नेपालमा, मूल्य कति ?


१२ श्रावण २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपालमा विद्युतीय सवारी साधन (ईभी) को प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्यले टाटा मोटर्सको नेपालस्थित आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ्ग प्रालिले मङ्गलवारदेखि बहुप्रतीक्षित नयाँ टाटा नेक्सन ईभीको विक्री वितरण सुरु गरेको छ। यसको सुरुवाती मूल्य ३५ लाख ९९ हजार रहेको कम्पनीले जनाएको छ।

टाटा नेक्सनको तीनवटा मोडेलमा (एक्सएम, एक्सजेड+ र एक्सजेड+ लक्स ) उपलब्ध रहेको छ। यसको ब्याट्रीमा ८ वर्ष वा एक लाख ६० हजार किलोमिटर ( जुन पहिले आउँदछ) र गाडीमा ३ वर्ष वा एक लाग २५ हजार किलोमिटरको (जुन पहिले आउँदछ ) वारेन्टी रहेको छ।

इच्छुक ग्राहकहरूले १६६००१५५७७७ नम्बरमा कल गरी वा कम्पनीको वेबसाइटमा आफ्नो नाम दर्ता गराई नेक्सन इभी बुकिङ गर्न सकिने छ। यस्ता ग्राहकहरूलाई गाडी विक्री गर्दा प्राथमिकताको सूचीमा राखिने कम्पनीले जनाएको छ।

कम्पनीको अनुसार बुकिङ गर्दा ग्राहकहरूले २५ हजार बराबरको धरौटी रकम बुझाउनु पर्दछ। नेक्सन ईभी अहिले मुलुकभर रहेका टाटा मोटर्स्का शोरुम हरूमा अवलोकन तथा ‘टेस्ट ड्राइभ’ को लागि उपलब्ध रहेको छ।

नेक्सन ईभी सार्वजनिक गर्दै टाटा मोटर्स् प्यासेन्जर भेहिकल्स इन्टरनेशनलका बिजनेस हेड मयाङ्क वाल्डीले भने, “अत्याधुनिक ग्रिन टेक्नोलोजी जिपट्रोन प्रविधियुक्त यस गाडीले ग्राहकहरूको अनुभवलाई नयाँ उचाइमा पुर्‍याउने छ। उत्कृष्ट बनावट र विशेषताका साथै सर्वोत्कृष्ट सुरक्षा, आकर्षक सेवा प्याकेज र पूर्ण डेडिकेटेड चार्जिंङ्ग सञ्जालको साथ नेक्सन इभी ग्राहक वर्गलाई एक पूर्ण पर्यावरणको प्रत्याभूति गर्दछ।

यसले कम भन्दा कम खर्चमा धेरै भन्दा धेरै खुसी र सन्तुष्टि प्रदान गर्नेछ भन्ने कुरामा हामी पूर्ण विश्वस्त छौ। हाम्रो ग्राहकको नेक्सन इभीसंगको अनुभव सुखद र अविस्मरणीय रहोस् भनी टाटा मोटर्सको तर्फबाट कामना व्यक्त गर्दछु।”

त्यस्तै गरी सिप्रदी ट्रेडिङ्ग प्रालिका कार्यकारी अध्यक्ष सिद्धार्थ शमशेर जब राणाले भने “टाटा मोटसर्संगको हाम्रो साझेदारी निरन्तर बलियो भन्दा बलियो भइरहेको छ, र नेपालमा नेक्सन इभीको विक्री वितरणको आरम्भ यस्तो सम्बन्धमा एक अर्को कोशे ढुङ्गा हो। यस गाडीले नेपालमा इभीको प्रयोगलाई प्रभावकारी ढङ्गले प्रोत्साहन गरी नेपाली ग्राहकहरूको बदलिँदो इच्छा र आकाङ्क्षालाई परिपूर्ति गर्नेछ।

हामी नेपालको समग्र यातायात क्षेत्रको हरित र दिगो विकासको यात्रामा सहभागी हुन पाउँदा खुसी छौँ र आउँदो दिनहरूमा नेपाली ग्राहकहरूलाई उत्कृष्ट भन्दा उत्कृष्ट उत्पादन प्रदान गर्न पनि प्रतिबद्ध छौँ।”

सन् २०२० को जनवरीमा भारतमा विक्री वितरण सुरु भएको टाटा नेक्सनले छोटो अवधिमै त्यहाँको विद्युतीय सवारी साधनको बजारको ७६.८ प्रतिशत (आव २०२१-२२ को पहिलो त्रैमासिक विवरण अनुसार) हिस्सा ओगटेको छ। यसरी यो गाडीले आज भारतको सबैभन्दा बढी विक्री हुने इलेक्ट्रिक एसयूभीको रूपमा आफूलाई उभ्याउन सफल भएको छ।

साथै ४५०० भन्दा बढी भारतीय परिवारले रुचाएको टाटा नेक्सनले १८ वटा पुरस्कार जितिसकेको छ। त्यसैले यो अहिलेसम्मको सबैभन्दा बढी पुरस्कारबाट सम्मानित हुने ईभी पनि हो।

टाटा मोटर्स्ले नेपालमा इलेक्ट्रिक गाडीको प्रभावकारी सञ्चालनको लागि पूर्ण “ईको सिस्टम” विकास गर्ने लक्ष्य राखेको छ। यसको लागि कम्पनीले उत्कृष्ट इलेक्ट्रिक गाडी ल्याउनुका अतिरिक्त नेपालमा आकर्षक सेवा प्याकेज, ब्याट्रीको वारेन्टी, विभिन्न स्थानमा चार्जिङ्गको लागि उच्चस्तरीय डिसी चार्जरको सुविधा प्रदान गर्नेछ।

लामो दुरीको लागि उपयुक्त र सुरक्षा सम्बन्धी अत्याधुनिक विशेषता भएको नेक्सन इभीको डिजाइन आकर्षक छ भने यसले जिप्पी पफर्मेन्स (छिटो गतिमा गुड्न सक्ने) गर्दछ।

साथै, यस गाडीको ब्याट्रीको आयु लामो हुनुको अतिरिक्त यसलाई आफ्नै घरमा बिना झन्झट अत्यन्त छोटो अवधिमै चार्ज गर्न सकिने कम्पनीको विज्ञप्तिमा उल्लेख गरिएको छ।

प्रकाशित मिति : १२ श्रावण २०७८, मंगलबार  ४ : १९ बजे

क्यानडाविरुद्ध अफगानिस्तानको फराकिलो जित, मोहम्मद नाबीले लिए चार विकेट

काठमाडौं – आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत समूह ‘डी’को खेलमा

जुम्ला जिप दुर्घटनामा घाइते भएका निर्वाचन प्रहरीको हेलिकोप्टरबाट उद्धार

जुम्ला – जुम्लाको तातोपानी गाउँपालिका–६ धौलापानीमा आज जिप दुर्घटनामा परी

हाम्रो सरकार नढालेको भए जेनजी आन्दोलन नै हुने थिएन : नारायणकाजी

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता नारायणकाजी श्रेष्ठले कांग्रेस र

चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा बाघ गणना सकियो

चितवन – चितवन र पर्सा राष्ट्रिय निकुञ्ज कम्प्लेक्समा बाघ गणना

चुनाव बिथोल्ने गतिविधि गरेको आरोपमा वैज्ञानिक समाजवादी पार्टीका केन्द्रीय सदस्य पक्राउ

काठमाडौँ- आहुती नेतृत्वको वैज्ञानिक समाजवादी पार्टीका केन्द्रीय सदस्य पक्राउ परेका