स्थानीयको आक्रोश : जनप्रतिनिधिका आसेपासेको पहुँचमा खोप, हामीलाई कहिले ? « Khabarhub

स्थानीयको आक्रोश : जनप्रतिनिधिका आसेपासेको पहुँचमा खोप, हामीलाई कहिले ?


१३ श्रावण २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– धनुषामा कोरोना विरुद्धको खोप समान तवरले वितरण नभएको भन्दै स्थानीयले खोप केन्द्रमा विरोध गरेका छन् ।

खोप वितरण केन्द्र व्यवस्थित नभएको तथा खोप वितरणमा असपमान व्यवहार भएको भन्दै उनीहरुले विरोध जनाएका हुन् ।

जनकपुरधाम उपमहानगरपालिका १३ पिडारीस्थित खोप केन्द्रमा जनप्रतिनिधिले आसेपासेलाई मात्र खोप दिएको भन्दै सेवाग्राहीहरुले विवाद गरेका हुन् ।

कार्यबाहक वडाध्यक्ष भारती सिंहले सेवाग्राहीलाई खोप नदिएर चोरबाटोबाट आफन्तलाई खोप दिएको आरोप लगाए ।

सरकारले ५० वर्ष उमेर समूह भन्दा माथिकोलाई खोप दिन पत्राचार गरे पनि सो अनुरुप नभइ पहुँचका भरमा कम उमेर समूहका व्यक्तिलाई खोप दिएको ५६ वर्षीय परमेश्वर साहले आरोप लगाए ।

‘उमेर समूहअनुसार खोप वितरण भएको छैन्,’उनले भने, ‘वडाध्यक्षले आफ्नो नातेदार र आसेपासेलाई पनि खोप दिएका छन् । जो ५० वर्ष पनि पुगेका छैनन् ।’

सरकारले पत्राचार गरे अनुसार खोप वितरणको उचित प्रबन्ध नभएको उनले गुनासो पोखे ।

वडा सदस्य राजकिशोर राउतले वडाध्यक्षले खोपमा मनोमानी गरेको आरोप लगाए । खोप जनतालाई नदिएर आफ्नै व्यक्तिलाई प्राथमिकतामा राखेर दिने गरेको उनले आरोप लगाए ।

‘वितरण प्रणाली समान छैन । नेताको मान्छे आयो अर्को ढोकाबाट उसलाई अरु भन्दा पहिले खोप दिन्छन्,’उनले भने, ‘जनता चर्को घाममा लाइनमै बसेका छन् । दुई दिनदेखि लाइनमा बसेको व्यक्तिले खोप पाउन सकेका छैनन् ।’

यस्तै, वडा नम्बर ८ को खोप केन्द्रमा पनि सोही समस्या देखिएको स्थानीय बताउँछन् । चर्को घाममा बसेर पनि खोप लगाउन नपाएपछि बुधबार सो खोप केन्द्रमा पनि स्थानीयले विरोध गरेका थिए ।

विवादले चर्को रुप लिएपछि प्रहरीको रोहबरमा खोप वितरण सुरु गरिएको छ । स्थानीय चन्दन मण्डलका अनुसार सेवाग्राहीलाई खोप नदिएर पहुँचकै भरमा वडा बाहिरको व्यक्तिलाई समेत खोप दिने गरेको उनले आरोप लगाए ।

बाहिर चर्को घाममा स्थानीय सेवाग्राही लाइन बसे पनि उनीहरुलाई कहिले खोप कार्ड सकिएको त कुनै बेला खोप नै नरहेको भन्दै कर्मचारी र स्थानीय जनतप्रतिनिधिले बहाना देखाएर टारेको मण्डलले बताए ।

चर्को घाममा लाईनमा बसेकै समयमा दुई जना महिला बहोस भएपछि स्थानीय आक्रोशित बनेका थिए । केहीबेर स्थानीय र कर्मचारीबीच घम्साघम्सीसमेत भएपछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिएर प्रहरीकै रोहबरमा खोप वितरणको काम अघि बढाएको थियो ।

धनुषामा मंगलबारदेखि वडा कार्यालय र जनस्वास्थ्य कार्यालयबाट खोप वितरण शुरु गरिएको छ । वडा कार्यालय र जनस्वास्थ्य कार्यालयमा कोरोना विरुद्धको खोप लगाउनेको घुइँचो लागेको छ ।

प्रकाशित मिति : १३ श्रावण २०७८, बुधबार  ८ : ४५ बजे

फिफा विश्वकप : कंगोविरुद्ध पोर्चुगललाई सुरुवाती अग्रता

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आफ्नो पहिलो खेलमा पोर्चुगलले

चीन भ्रमण सकेर परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल चीनको चारदिने औपचारिक भ्रमण सम्पन्न

इरान-अमेरिका द्वन्द्वपछि युएईका एयरलाइन्सले घोषणा गरे विस्तारित यात्रा बीमा योजना

काठमाडौँ । मध्यपूर्वमा जारी द्वन्द्वको प्रभावपछि यात्रुलाई आकर्षित गर्न संयुक्त

तुइन खोलामा पहिरो, नारायणगढ-मुग्लिन सडक एकतर्फी अवरुद्ध

काठमाडौँ । नारायणगढ– मुग्लिन सडकखण्ड अन्ततर्गत तुइन खोलामा पहिरो खस्दा

सरकारलाई ‘पापड’को खबरदारी

काठमाडौं । शान्ति र लोकतन्त्रका लागि पेसागत सञ्जाल (पापड) ले