सत्तारूढ गठबन्धनको बैठक आज पनि, मन्त्रालय बाडफाँडमा सहमति जुटाउने तयारी | Khabarhub Khabarhub

सत्तारूढ गठबन्धनको बैठक आज पनि, मन्त्रालय बाडफाँडमा सहमति जुटाउने तयारी


१४ श्रावण २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सत्तारूढ गठबन्धनको बैठक आज पनि बस्दैछ ।

बैठक बिहान साढे ८ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले जानकारी दिए ।

आजको बैठकमा मन्त्रिपरिषद विस्तारअघि मन्त्रालय बाडफाँडमा शीर्ष नेताहरुले सहमति जुटाउने तयारी गरेका छन् । यसअघि बुधबार भएको बैठकले मन्त्रालय बाडफाँडको जिम्मा टुंग्याउन शीर्ष नेतालाई दिने निर्णय भएको थियो ।

बैठकमा गठबन्धनको न्यूनतम साझा कार्यक्रमका बारेमा पनि छलफलको तयारी भएको छ । आजको बैठकले मन्त्रालय बाडफाँड टुंग्याए शुक्रबार नै मन्त्रिपरिषद् विस्तार गर्ने प्रधानमन्त्री शेरबहादुर देउवाको तयारी छ ।

हाल देउवा सरकारमा चार मन्त्री र एक राज्यमन्त्री मात्रै छन् । महामारी बढीरहेका बेला स्वास्थ्य, परराष्ट्रलगायतका महत्वपूर्ण मन्त्रालय खाली छन् । सरकार गठन भएको दुई साता हुँदा पनि गठबन्धनमा सहमति नजुट्दा मन्त्रिपरिषद विस्तार हुन सकेको छैन ।

सत्ता गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल पक्ष, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा छ । तर एमालेको नेपाल समूह र जनमोर्चा तत्काल सरकारमा नजाने भएपछि देउवा नेतृत्वको यो सरकारमा कांग्रेस, माओवादी र जसपा मात्रै हुने भएको छ ।

प्रकाशित मिति : १४ श्रावण २०७८, बिहीबार  ७ : २५ बजे

लण्डनमा तरबार हमला, एक जनाको मृत्यु

एजेन्सी – संयुक्त अधिराज्य बेलायतको राजधानी लण्डनमा तरबार हमला भएको

जनक शिक्षा जनकपुरले बेच्यो १८ करोड ६७ लाखको पाठ्यपुस्तक

जनकपुरधाम – जनक शिक्षा सामग्री केन्द्र प्रादेशिक कार्यालय जनकपुरधामले विगत

गर्मी बढेपछि मालीमा दूधभन्दा बरफ महँगो !

एजेन्सी – पश्चिम अफ्रिकी मुलुक मालीमा गर्मी ह्वात्तै बढ्दा दूधभन्दा

‘लोकतन्त्र सुदृढ गरेरै समृद्धि सम्भव’ : डा. भट्टराई

मोरङ – नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम

अमेरिकामा महिलालाई ४० वर्षदेखि नै स्तनको नियमित परीक्षण गर्न सुझाव

एजेन्सी – स्तन क्यान्सर रोगबाट मर्ने जोखिम कम गर्न महिलाहरूले