सत्तामा जो आए पनि कसैलाई फसाउने, कसैलाई बचाउने माध्यम बन्नबाट अख्तियारलाई जोगाउनुपर्छ : कानुनमन्त्री « Khabarhub

सत्तामा जो आए पनि कसैलाई फसाउने, कसैलाई बचाउने माध्यम बन्नबाट अख्तियारलाई जोगाउनुपर्छ : कानुनमन्त्री


४ भाद्र २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कानून न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले अख्तियारको डरले स्पष्ट राय दिन र निर्णय गर्न हिचकिचाइरहेको बताएकी छन् । 

बिहीबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा मन्त्री गौतमले  ऐन–कानुनमा स्पष्ट लेखिएका विषयहरूमा समेत कर्मचारीहरू अख्तियारको डरले स्पष्ट राय दिन र निर्णय गर्न हिचकिचाइरहेको बताएकी हुन् ।

’डिसिजन प्यारालाइिसस’ का कारण सरकारी कामकारबाही ठप्प हुने र सरकारले प्रभावकारी रूपमा काम गर्न नसक्ने जटिल अवस्था सिर्जना भएको उनले बताइन् ।

मन्त्री गौतमले अख्तियारलाई राजनीतिक प्रतिशोध, व्यक्तिगत रिसइबी वा कर्मचारी तर्साउने हतियारका रूपमा प्रयोग गर्न दिन नहुने धारणा राखिन् । 

सत्तामा जोसुकै आए पनि संवैधानिक निकायलाई कसैलाई ’फसाउने’ वा कसैलाई ’बचाउने’ खेलको माध्यम बन्नबाट अख्तियारलाई जोगाउनुपर्ने उनको भनाइ छ ।  

उनले केवल उजुरी परेको भरमा वा कसैलाई तान्ने उद्देश्यले मात्र अभियोजन गर्न नहुने भन्दै उजुरी परेपछि तथ्य र प्रमाण संकलनमा व्यापक अध्ययन गर्नुपर्ने र पर्याप्त प्रमाण पुगेपछि मात्र मुद्दा दायर गर्नुपर्ने बताइन् ।

अख्तियारले आफ्नो व्यावसायिक चरित्र कायम राख्न सके सर्वसाधारण र प्रशासनको विश्वास जित्न सक्ने उनको भनाइ छ । उनले अख्तियारलाई स्वतन्त्र र निष्पक्ष राख्न सरकार प्रतिबद्ध रहेको बताइन् । 

प्रकाशित मिति : ४ भाद्र २०८३, बिहीबार  २ : ५० बजे

‘भूमिसम्बन्धी समस्या समाधानका लागि सहकार्य जरुरी’

काठमाडौँ– नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले भूमिहीन, सुकुम्वासी तथा

भोटेकोशी बाढी प्रभावितलाई काठमाडौँ विश्वविद्यालयको ८५ लाख सहयोग

काभ्रे– भोटेकोशी बाढीबाट प्रभावितको राहत तथा उद्धारका लागि काठमाडौँ विश्वविद्यालयले

राफिन्हाको ह्याट्रिकमा बार्सिलोनाको फराकिलो जित, रेसिङ सान्टान्डर ७-२ ले पराजित

काठमाडौँ – स्पेनिस ला लिगामा बार्सिलोनाले रेसिङ सान्टान्डरमाथि ७-२ को

मनसुनी वायुको प्रभाव, केही भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

नेपाल र बंगलादेशबीच टि-२० शृंखला कीर्तिपुरमा हुँदै, पहिलोपटक टेस्ट राष्ट्र नेपालको मैदानमा

काठमाडौँ – नेपालले पहिलोपटक घरेलु मैदानमा टेस्ट मान्यता प्राप्त राष्ट्र