पूर्वमाओवादी नेताको रिटको पेसी आज, होला त सांसद् पदको पुनर्बहाली ? « Khabarhub

पूर्वमाओवादी नेताको रिटको पेसी आज, होला त सांसद् पदको पुनर्बहाली ?


१४ श्रावण २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका चार नेताले सांसद् पद पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालतमा दायर रिटको आज पेसी तोकिएको छ ।

टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीले आफूहरूलाई सांसद् पदमा पुनर्बहालीको माग गर्दै बुधबार सर्वोच्चमा रिट दर्ता गरेका थिए ।  ती रिटको आज पेसी तोकिएको सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले जानकारी दिए ।

फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलापछि उनीहरू माओवादी छाडेर एमाले प्रवेश गरेका थिए । त्यसपछि माओवादीले पार्टीको विधान विपरित अन्य दलको राजनीतिमा सहभागी भएको देखिएको भन्दै माओवादीले उनीहरूलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी गत चैत २४ गते कारवाही गरेको थियो ।

भट्ट कैलाली क्षेत्र नम्बर ४, रायमाझी अर्घाखाँची, साह रौतहट ३ र चौधरी कैलाली ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।

प्रधानमन्‍त्री केपी ओली नेतृत्वको सरकारमा रायमाझी ऊर्जा, भट्ट उद्योग, साह सहरी विकास र चौधरी श्रम तथा रोजगार मन्‍त्री थिए ।

प्रकाशित मिति : १४ श्रावण २०७८, बिहीबार  ७ : ४० बजे

पेपेको दुई गोलमा विश्वकप इतिहासमै पहिलो पटक आइभोरी कोस्ट अन्तिम ३२ मा

काठमाडौँ – निकोलस पेपेको उत्कृष्ट दुई गोलको मद्दतले क्युरासाओलाई पराजित

तनावपूर्ण खेलमा जर्मनीमाथि इक्वेडरको ऐतिहासिक जित

न्यु जर्सी – गोन्जालो प्लाटाको निर्णायक गोलको मद्दतले जर्मनीमाथि २-१

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल असार १२ गते शुक्रबार सन् २०२६

आज २०८३ साल असार १२ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल असार १२ गते शुक्रबार सन् २०२६

रास्वपा महाधिवेशन : ६ पदमा ३० बढी आकांक्षी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा ६ पदमा ३०