गठबन्धनमा आवद्ध शीर्ष नेताको छलफलअघि देउवा-दाहाल भेटवार्ता « Khabarhub

गठबन्धनमा आवद्ध शीर्ष नेताको छलफलअघि देउवा-दाहाल भेटवार्ता


१४ श्रावण २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भेटवार्ता भएको छ ।

प्रधानमन्त्री देउवाको सचिवालयकाअनुसार गठबन्धनमा आवद्ध शीर्ष नेताको बैठकअघि देउवा-दाहालसहित कांग्रेस र माओवादीका शीर्ष नेताहरुबीच संयुक्त छलफल भएको हो ।

छलफलमा एमालेको माधव नेपाल समूह र राष्ट्रिय जनर्मोर्चा सरकारमा सहभागी नहुने भएपछि जसपासहित कसले कति मन्त्रालय लिएर मन्त्रिपरिषद् विस्तार गर्ने भन्ने विषयमा छलफल केन्द्रित भएको जनाइएको छ ।

यो छलफल लगत्तै गठबन्धनमा आवद्ध अरू दलका शीर्ष नेताहरुबीच पनि संयुक्त छलफल गरी आजै मन्त्रालय बाडफाँड र सरकारको न्यूनतम साझा कार्यक्रम टुंग्याएर शुक्रबारसम्म मन्त्रिपरिषद् विस्तार गर्ने तयारी भएको जनाइएको छ ।

हाल देउवा सरकारमा चार मन्त्री र एक राज्यमन्त्री मात्रै छन् । महामारी बढीरहेका बेला स्वास्थ्य, परराष्ट्रलगायतका महत्वपूर्ण मन्त्रालय खाली छन् । सरकार गठन भएको दुई साता हुँदा पनि गठबन्धनमा सहमति नजुट्दा मन्त्रिपरिषद विस्तार हुन सकेको छैन ।

प्रकाशित मिति : १४ श्रावण २०७८, बिहीबार  ९ : ४० बजे

स्विडेनसँग बराबरी खेल्दै जापान विश्वकपको नकआउट चरणमा

काठमाडौँ – जारी २०२६ विश्वकपको समूह चरणको आफ्नो अन्तिम खेलमा

नदीजन्य पदार्थ उत्खनन रोक

मान्म– कालीकोटमा नदी, खोलाबाट ढुङ्गा, गिट्टी, बालुवालगायतका नदीजन्य पदार्थ उत्खननमा

बालकल्याण माविमा हुवावे स्मार्ट कक्षा हस्तान्तरण, डिजिटल शिक्षामा नयाँ पहल

लमजुङ- लमजुङको बेँसीसहर नगरपालिका–२ भकुण्डेस्थित बालकल्याण माध्यमिक विद्यालयमा आधुनिक प्रविधिसहितको

रास्वपा केन्द्रीय सदस्यमा निर्वाचित भएपछि सागर ढकालले गरे महामन्त्रीमा उम्मेदवारी घोषणा

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्यमा अत्यधिक

भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १८८ जनाको मृत्यु, उद्धार कार्य तीव्र

काठमाडौँ – उत्तरी भेनेजुएलामा गएका दुईवटा शक्तिशाली भूकम्पमा परी कम्तीमा