राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्व पौडेलले लिए शपथ | Khabarhub Khabarhub

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्व पौडेलले लिए शपथ


१४ श्रावण २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेलले पद तथा गोपनियताको शपथ लिएका छन् । पौडेललाई प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा शपथग्रहण गराएका हुन् ।

आफ्नो शपथग्रहण लगत्तै उपाध्यक्ष डा. पौडेलले प्रधानमन्त्री देउवाको उपस्थितिमा आयोगका सदस्यहरू रामकुमार फुयाल र दिलबहादुर लिम्बू गुरूङलाई शपथग्रहण गराए ।

शपथ समारोहमा गृहमन्त्री बालकृष्ण खाँण, कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, अर्थमन्त्री जनार्दन शर्मा, स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ, मुख्यसचिव शंकरदास बैरागी, अर्थसचिव शिशिर ढुंगाना, प्रधानमन्त्री कार्यालयका सचिव बैकुण्ठ अर्याल र धनराज ज्ञवाली, राष्ट्रिय योजना आयोगका सचिव केवल भण्डारीलगायत उपस्थित थिए ।

प्रकाशित मिति : १४ श्रावण २०७८, बिहीबार  २ : ०२ बजे

ओलीलक्षित प्रचण्डको कटाक्ष : जेन-जीहरूलाई दमन र हत्या गर्नेले हाम्रो पार्टीलाई वृद्धाश्रम भनेछन्

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले जेन-जीहरूको शान्तिपूर्ण

मानव अधिकार रक्षा गर्न प्रदेश सरकार प्रतिबद्ध : कानुन मन्त्री भण्डारी

विराटनगर– कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण

६ जना प्रजिअसहित ५८ सहसचिव र उपसचिवको सरुवा

काठमाडौं- सरकारले ६ जना प्रमुख जिल्ला अधिकारीसहित ५८ जना सहसचिव

देशभर १ करोड ८३ लाख मतदाता, चुनाव घोषणापछि २ लाख ९ हजार थपिए

काठमाडौं- निर्वाचन आयोगमा हालसम्म एक करोड ८३ लाख मतदाता अभिलिखत