खोपमा अनियमितता गरेको भन्दै विराटनगरका मेयरविरुद्ध प्रदर्शन « Khabarhub

खोपमा अनियमितता गरेको भन्दै विराटनगरका मेयरविरुद्ध प्रदर्शन


१४ श्रावण २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीकै नेतृत्वमा कोरोना भाइरस संक्रममणविरुद्धको खोप दुरुपयोग भएको भन्दै युवाहरूले विराटनगर महानगरपालिका घेराउ गर्दै प्रदर्शन गरेका छन् ।

बुधबार साँझ कोरोनाविरुद्धको खोप बोकेर आफ्ना कार्यकर्ताको घरघर पुगेर विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले खोप लगाउने अनियमित कार्य गरेको भन्दै बिहीबार युवाहरूले विराटनगर महानगरपालिका घेराउ गर्दै विरोध प्रदर्शन गरेका हुन् ।

नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा एमाले, समाजवादी पार्टीलगायतका दलमा आबद्ध युवाले बिहीबार दिउँसो ११ देखि १ बजेसम्म खोपमा अनियमितता गरेको आरोपमा मेयर पराजुलीविरुद्ध नाराबाजी गर्दै विराटनगर महानगरपालिका घेराउ गर्दै प्रदर्शन गरे ।

उनीहरूले दिनभरि लाइन लाग्दा पनि कसैले खोप लगाउन नपाएको, तर कांग्रेस गुटका कार्यकर्ता भएकै कारणले मध्यराति घरघरमै खोप लगाउने गलत कार्य गरेको भन्दै मेयर पराजुलीमाथि कारबाही हुनुपर्ने माग गरे ।

प्रकाशित मिति : १४ श्रावण २०७८, बिहीबार  २ : ४२ बजे

पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन प्रणाली सुधार गर्न निर्देशन

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले पत्रपत्रिका वर्गीकरण र

‘मास्टर्नी’को प्रिमियरमा प्रियंकाको ‘सुक्क सुक्क’

काठमाडौं – नायिका प्रियंका कार्कीका लागि फिल्मको प्रिमियर एक सामान्य

एमालेलाई सघाएपछि राप्रपा बागमती दलका नेता थापा प्रदेश सभा र पार्टीबाट निलम्बित

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीले बागमती प्रदेशस्थित संसदीय दलका नेता उद्धव

रविको जवाफ : प्रतिनिधि सभाको दुईतिहाइबाट मात्रै संविधान संशोधन सम्भव छैन

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले आफ्ना सल्लाहकार अशिम शाहलाई खटाएर नेपालको

देउवालाई गगनको कटाक्ष : पाँच पटक प्रधानमन्त्री भएको व्यक्ति छैटौँ पटक हुन पाइनँ भनेर असन्तुष्ट हुन्छ

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पूर्वसभापति शेरबहादुर देउवाप्रति कटाक्ष