खोपमा अनियमितता गरेको भन्दै विराटनगरका मेयरविरुद्ध प्रदर्शन | Khabarhub Khabarhub

खोपमा अनियमितता गरेको भन्दै विराटनगरका मेयरविरुद्ध प्रदर्शन


१४ श्रावण २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीकै नेतृत्वमा कोरोना भाइरस संक्रममणविरुद्धको खोप दुरुपयोग भएको भन्दै युवाहरूले विराटनगर महानगरपालिका घेराउ गर्दै प्रदर्शन गरेका छन् ।

बुधबार साँझ कोरोनाविरुद्धको खोप बोकेर आफ्ना कार्यकर्ताको घरघर पुगेर विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले खोप लगाउने अनियमित कार्य गरेको भन्दै बिहीबार युवाहरूले विराटनगर महानगरपालिका घेराउ गर्दै विरोध प्रदर्शन गरेका हुन् ।

नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा एमाले, समाजवादी पार्टीलगायतका दलमा आबद्ध युवाले बिहीबार दिउँसो ११ देखि १ बजेसम्म खोपमा अनियमितता गरेको आरोपमा मेयर पराजुलीविरुद्ध नाराबाजी गर्दै विराटनगर महानगरपालिका घेराउ गर्दै प्रदर्शन गरे ।

उनीहरूले दिनभरि लाइन लाग्दा पनि कसैले खोप लगाउन नपाएको, तर कांग्रेस गुटका कार्यकर्ता भएकै कारणले मध्यराति घरघरमै खोप लगाउने गलत कार्य गरेको भन्दै मेयर पराजुलीमाथि कारबाही हुनुपर्ने माग गरे ।

प्रकाशित मिति : १४ श्रावण २०७८, बिहीबार  २ : ४२ बजे

फुटबल खेलाडी तथा प्रशिक्षकको बिदाइ

काठमाडौं– सशस्त्र प्रहरी बल नेपालले उज्वेकिस्तानको कर्सी सहरमा सञ्चालन हुने

मोरङबाट च्यासललाई चुनौती दिएपछि थापागाउँमा उत्साहित देखिएकी विद्या

काठमाडौं – काठमाडौंको थापागाउँस्थित तीन तले घरको प्राङ्गण बिहीबार दिउँसो

फिल्म ‘जारी २’को सहकार्यमा १० सहरमा कन्सर्ट गर्दै झुमा लिम्बू

काठमाडौं – असोज ३ बाट प्रदर्शनमा आउन लागेको फिल्म ‘जारी

उत्तरी गोरखामा भीरबाट खसेर दुई जनाको मृत्यु

गोरखा– उत्तरी गोरखाको एक दुर्गम गाउँमा भीरबाट खसेर दुई जनाको