झापाका १० स्थानीय तहमा निषेधाज्ञा | Khabarhub Khabarhub

झापाका १० स्थानीय तहमा निषेधाज्ञा


१४ श्रावण २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– कोरोनाको संक्रमण बढ्दै गएपछि झापामा निषेधाज्ञा लागु गर्ने स्थानीय तहको संख्या पनि बढ्दै गएको छ ।

प्रशासनले जारी गरेको निषेधाज्ञा क्रमशः खुकुलो हुँदा जिल्लामा मानिसको चहल पहल बढेको थियो । जिल्लामा संक्रमण पनि बढ्न थालेपछि स्थानीय तहले आआफ्नो क्षेत्रमा निषेधाज्ञा लगाउन थालेका हुन् ।

१५ स्थानीय तह मध्ये झापाका १० स्थानीय तहमा निषेधाज्ञा लगाइ सकिएको छ । पूर्वोत्तर झापाको बुद्धशान्ति गाउँपालिकाबाट शुरु भएको निषेधाज्ञा लगाउने क्रम पश्चिमी भागको कमल गाउँपालिकासम्म आइपुगेको छ । यस्तै मेचीनगर, हल्दिबारी, कन्काई, दमक, गौरादह, शिवसताक्षी, अर्जुनधारा र विर्तामोडमा पनि निषेधाज्ञा लगाइएको छ ।

संक्रमणको स्थानीय अवस्थाका आधारमा स्थानीय तहले निषेधाज्ञा लगाएको जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाका अनुसार डीसीसीएमसीको समन्वयमा स्थानीय तहहरुले क्रमिक रुपमा निषेधाज्ञा गर्न थालेका हुन् ।

बेवारीसे खोज्दै परीक्षण
कोरोना संक्रमण उच्च भएपछि निषेधाज्ञा लगाएको दमक नगरपालिकाले वेवारिसे अवस्थामा रहेका संकास्पद व्यक्तिको खोजी गरी स्वास्थ्य परीक्षण गराउन थालेको छ । यसैक्रममा दमकको बसपार्कमा भेटिएका एक व्यक्तिको पीसीआर परीक्षण गर्दा संक्रमण पाइएको छ ।

उनको उपचार गर्न दमकको कोभिड अस्पतालमा भर्ना गरिएको नगरपालिका उपप्रमुख एवम् प्रवक्ता गीता अधिकारीले जानकारी दिइन ।

प्रकाशित मिति : १४ श्रावण २०७८, बिहीबार  ३ : ५० बजे

गोकर्णेश्वर नगरपालिकाको स्वास्थ्य सेवा काठमाडौँ जिल्लाकै उत्कृष्ट

काठमाडौं– काठमाडौंँ  जिल्लाका ११ स्थानीय तहमध्ये गोकर्णेश्वर नगरपालिकाको स्वास्थ्य सेवा

निर्वाचन एकमात्र विकल्प हो : शशांक कोइराला

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले मुलुकलाई लोकतान्त्रिक प्रक्रियामा

गृहमन्त्री अर्यालले गरे आइजीपी खापुङको बिदाइ

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले सेवा निवृत्त हुन लागेका प्रहरी महानिरीक्षक

भीम रावलले भने- आफ्नै नेतालाई निकाल्ने ओलीले घर फर्क भन्नु फटाहा कुरा

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएका मातृभूमि जागरण अभियानका संयोजक

माधव नेपाल भन्छन्- हाम्रो एकता देखेर केपी ओलीले होस गुमाइसके

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टीका सह-संयोजक माधवकुमार नेपालले आफूहरूको एकता देखेर