लुम्बिनी प्रदेशसभा सदस्य ढेङ्गामगर चार दिनपछि पार्टी कार्यालयमा उपस्थित | Khabarhub Khabarhub

लुम्बिनी प्रदेशसभा सदस्य ढेङ्गामगर चार दिनपछि पार्टी कार्यालयमा उपस्थित


१४ श्रावण २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल– चार दिनदेखि सम्पर्कविहीन रहेकी जनता समाजवादी (जसपा) पार्टी लुम्बिनी प्रदेशसभा सदस्य पुर्मती ढेङ्गामगर बिहीबार दिउँसो पार्टीको सम्पर्कमा आएकी छन् । उनी जसपा प्रदेशसभा संसदीय दलकी मुख्य सचेत हुन् ।

प्रदेशसभा सदस्य ढेङ्गामगर बिहीबार दिउँसो बुटवलस्थित जसपाको लुम्बिनी प्रदेश कार्यालयमा उपस्थित भएको पार्टीको प्रदेश समितिका मुख्य सचिव यज्ञ पोखरेलले जानकारी दिए । ढेङ्गामगरले परिवारका सदस्य बिरामी परेको तनावका कारण आफू कसैको सम्पर्कमा नआएको जानकारी गराएको पनि पोखरेलले बताए ।

आइतबार बिहान साढे ११ बजेदेखि सम्पर्कविहीन भएर सोमबार बिहान ५ मिनेट मात्रै सम्पर्कमा आएकी ढेङ्गामगर पुनः सम्पर्कविहीन भएकी थिइन् । जसपाको लुम्बिनी प्रदेश संसदीय दलका नेता सहसराम यादवले उनी पार्टीको सम्पर्कमा आएको पुष्टि गरे ।

लुम्बिनी प्रदेश सभामा मुख्यमन्त्री शंकर पोखरेलको सरकार अल्पमतमा रहेको भन्ने चर्चा चलिरहेका बेला एकाएक एक जना प्रदेश सभा सदस्य सम्पर्कविहीन हुँदा अनेक अडकलबाजी हुन थालेको थियोे ।

उनी सम्पर्कविहीन भएपछि जसपा लुम्बिनी प्रदेश समितिका मुख्य सचिव पोखरेलले इलाका प्रहरी कार्यालयमा निवेदन दिएका थिए ।

प्रकाशित मिति : १४ श्रावण २०७८, बिहीबार  ५ : ५८ बजे

ओलीलक्षित प्रचण्डको कटाक्ष : जेन-जीहरूलाई दमन र हत्या गर्नेले हाम्रो पार्टीलाई वृद्धाश्रम भनेछन्

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले जेन-जीहरूको शान्तिपूर्ण

मानव अधिकार रक्षा गर्न प्रदेश सरकार प्रतिबद्ध : कानुन मन्त्री भण्डारी

विराटनगर– कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण

६ जना प्रजिअसहित ५८ सहसचिव र उपसचिवको सरुवा

काठमाडौं- सरकारले ६ जना प्रमुख जिल्ला अधिकारीसहित ५८ जना सहसचिव

देशभर १ करोड ८३ लाख मतदाता, चुनाव घोषणापछि २ लाख ९ हजार थपिए

काठमाडौं- निर्वाचन आयोगमा हालसम्म एक करोड ८३ लाख मतदाता अभिलिखत