लुम्बिनी प्रदेशसभा सदस्य ढेङ्गामगर चार दिनपछि पार्टी कार्यालयमा उपस्थित « Khabarhub

लुम्बिनी प्रदेशसभा सदस्य ढेङ्गामगर चार दिनपछि पार्टी कार्यालयमा उपस्थित


१४ श्रावण २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल– चार दिनदेखि सम्पर्कविहीन रहेकी जनता समाजवादी (जसपा) पार्टी लुम्बिनी प्रदेशसभा सदस्य पुर्मती ढेङ्गामगर बिहीबार दिउँसो पार्टीको सम्पर्कमा आएकी छन् । उनी जसपा प्रदेशसभा संसदीय दलकी मुख्य सचेत हुन् ।

प्रदेशसभा सदस्य ढेङ्गामगर बिहीबार दिउँसो बुटवलस्थित जसपाको लुम्बिनी प्रदेश कार्यालयमा उपस्थित भएको पार्टीको प्रदेश समितिका मुख्य सचिव यज्ञ पोखरेलले जानकारी दिए । ढेङ्गामगरले परिवारका सदस्य बिरामी परेको तनावका कारण आफू कसैको सम्पर्कमा नआएको जानकारी गराएको पनि पोखरेलले बताए ।

आइतबार बिहान साढे ११ बजेदेखि सम्पर्कविहीन भएर सोमबार बिहान ५ मिनेट मात्रै सम्पर्कमा आएकी ढेङ्गामगर पुनः सम्पर्कविहीन भएकी थिइन् । जसपाको लुम्बिनी प्रदेश संसदीय दलका नेता सहसराम यादवले उनी पार्टीको सम्पर्कमा आएको पुष्टि गरे ।

लुम्बिनी प्रदेश सभामा मुख्यमन्त्री शंकर पोखरेलको सरकार अल्पमतमा रहेको भन्ने चर्चा चलिरहेका बेला एकाएक एक जना प्रदेश सभा सदस्य सम्पर्कविहीन हुँदा अनेक अडकलबाजी हुन थालेको थियोे ।

उनी सम्पर्कविहीन भएपछि जसपा लुम्बिनी प्रदेश समितिका मुख्य सचिव पोखरेलले इलाका प्रहरी कार्यालयमा निवेदन दिएका थिए ।

प्रकाशित मिति : १४ श्रावण २०७८, बिहीबार  ५ : ५८ बजे

गैरीगाउँका भत्काउन बाँकी घर पुनः भत्काउन सुरु

काठमाडौं– काठमाडौँ महानगरपालिका–९ अन्तर्गत गैरीगाउँ क्षेत्रमा अतिक्रमण गरी निर्माण गरिएका

नेप्से परिसूचक ७ अंकले बढ्यो

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अंकको सुधार देखिएको

माइतीघरमा श्रीमतीमाथि हातपात भयो, निष्पक्ष छानबिन होस्, नत्र प्रतिरोध गरिनेछ : महेश बस्नेत

काठमाडौं– नेकपा एमालेका सचिव महेश बस्नेतले आज माइतीघर मण्डलामा श्रीमती

शोभा र पत्नी अम्बिकाबीच कुटाकुटपछि महेश भन्छन् : माइती घरलाई चरित्र हत्या गर्ने ठाउँ बनाइयो

काठमाडौं- नेकपा एमालेका सचिव महेश बस्नेतकी पत्नी अम्बिका बस्नेत र

सुदूरपश्चिमको पन्ध्र प्रतिशत वन क्षेत्रमा डढेलो, चुरेमा नियन्त्रण चुनौतीपूर्ण

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशका वन क्षेत्रमा डढेलोको प्रकोप बढ्न थालेको छ