बढ्न थाले संक्रमित « Khabarhub

बढ्न थाले संक्रमित


१५ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन–जिल्लामा कोभिड– १९ का सक्रिय संक्रमितको संख्या दुई हजार नाघेको छ । स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा अहिले दुई हजार ३० सक्रिय संक्रमित छन् । गत असार १३ गते १ हजार १४ मा झरेको संक्रमित यही साउन १४ मा आइपुग्दा बढेर दुई हजार ३० पुगेको हो ।

कार्यालयका अनुसार पछिल्ला केही दिनमा संक्रमितको संख्या बढ्दै गएको छ । गत वैशाख र जेठमा यहाँ सक्रिय संक्रमितको संख्या उच्च पुगेको थियो । जेठ १० गते संक्रमितको संख्या ४ हजार ७१३ पुगेको थियो ।

असार लागेसँगै घट्दै गएको संक्रमितको संख्या पुनः बढ्न थालेको छ । असार १ गते १ हजार ५४८ रहेको संक्रिय संक्रमितको संख्या घट्दै गएर असार १३ गते १ हजार १४ मा झरेको थियो । कार्यालयका जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालका अनुसार असार १४ गते १ हजार ८७, १६ गते १ हजार १९८, १८ गते १ हजार २२० हुँदै असार २३ गते १ हजार २७१ पुगेको थियो । उनका अनुसार असार १२ गतेदेखि साउन १३ गतेसम्म आइपुग्दा नयाँ संक्रमित मात्र १ हजार ३४ थपिएका छन् ।

संक्रिय संक्रमितको प्रतिशत पनि बढ्दै गएको छ । कार्यालयका निमित्त प्रमुख अमृत महर्जन निषेधाज्ञा खुकुलो हुँदै जाँदा संक्रमित बढ्दै गएको जानकारी दिए । उनले भने ‘राम्रोसँग संक्रमितको संख्या घट्न नपाउँदै पुनः बढ्न थालेपछि कोरोनाको जोखिम बढेको छ ।’ कोरोना नियन्त्रणका लागि अहिले खोपको अभियान जारी रहेको जनाउँदै उनले कारोना सङक्रमण बढ्दै गएकाले सबै सजग रहन आग्रह गरे ।

जिल्लामा रहेका सङक्रमित मध्ये ११६ का अस्पतालमा उपचार भइरहेको छ । नौ सार्वजनिक आइसोलेसनमा र १ हजार ९ सय ५ होम आइसोलेसनमा छन् । जिल्लामा हालसम्म ३ सय २७ को मृत्यु भएको छ । कूल संक्रमित संख्या २० हजार ९० पुगेको छ ।

जिल्लाका अस्पतालमा बाहिरी जिल्लाका समेत गरी २१३ को उपचार भइरहेको छ । ती मध्ये ७५ सघन उपचार कक्षमा, १२ भेन्टिलेटरमा, ५० एचडियूमा र ८८ सामान्य श्ययामा उपचाररत छन् ।

प्रकाशित मिति : १५ श्रावण २०७८, शुक्रबार  १२ : १२ बजे

कांग्रेस एकताबारे असार २५ सम्म निर्णय माग्दै शेखरको अल्टिमेटम

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी एकताबारे असार २५

अर्थमन्त्रीले भने- मुलुकलाई ‘ग्रे लिस्ट’बाट हटाउन सरकार प्रतिबद्ध

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकार मुलुकलाई फाइनान्सिएल एक्सन टास्क

यात्रुवाहक बस दुर्घटना हुँदा ९ जना घाइते

मकवानपुर– जनकपुरबाट पोखरातर्फ आउँदै गरेको ना ६ ख ७४५७ को

सरकारको सय दिने उपलब्धिभित्र छोपिएको सुकुम्वासीको आँसु र अन्योलता

काठमाडौं– नयाँ सरकारले कार्यकालको सय दिन पूरा गर्दै आफ्ना उपलब्धि

कङ्गोमा इबोला सङ्क्रमण तिव्र

एजेन्सी– लोकतान्त्रिक गणतन्त्र कङ्गोमा हाल इबोला सङ्क्रमण तिव्र भएको जनाइएको