ललितपुरमा ४५ वर्ष माथिकालाई भेरोसेल खोप « Khabarhub

ललितपुरमा ४५ वर्ष माथिकालाई भेरोसेल खोप


१५ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर–स्वास्थ्य सेवा विभागले चीनबाट ल्याएको भेरोसेल खोपको पहिलो मात्रा आजदेखि तीनदिनसम्म ललितपुर महानगरपालिकाका सबै वडाबाट उपलब्ध गराइने भएको छ । कोभिड–१९ विरुद्धको सो खोप ४५ वर्षमाथिका नागरिकले प्रत्येक वडाका खोप केन्द्रमा गएर लगाउन सक्ने छन् ।

प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले भने ‘आउँदो सोमबार अमेरिकाले नेपाललाई अनुदानमा दिएको जोन्सन एण्ड जोन्सनको खोप पनि लगाउने तयारी भइरहेको छ ।’

यसैगरी गोदावरी नगरपालिकामा ५० वर्षमाथिका नागरिकका साथै कलेज तथा विद्यालयका प्राध्यापक, शिक्षक, कर्मचारी, सार्वजनिक यातायातका चालक तथा सहचालक एवं ‘क’ र ‘ख’ वर्गमा परेका अपाङ्गता भएकालाई खोप लगाइने नगरपालिकाले जनाएको छ ।

महालक्ष्मी नगरपालिकामा भने सो उमेर समूहका कोभिडविरुद्धको पहिलो मात्राको भेरोसेल लगाउन छुटेका नागरिकलाई बिहीबारदेखि आजसम्म खोप उपलब्ध गराइएको छ । त्यसैगरी दक्षिण ललितपुरको कोञ्ज्योसोम गाउँपालिकामा भने आउँदो आइतबार र सोमबार खोप लगाइने भएको छ ।

प्रकाशित मिति : १५ श्रावण २०७८, शुक्रबार  १२ : ३० बजे

१८ वस्तुगत संघ तथा महासंघले नेपाल उद्योग वाणिज्य महासंघ कार्यालय अगाडि प्रदर्शन

काठमाडौं– १८ वस्तुगत संघ तथा महासंघले नेपाल उद्योग वाणिज्य महासंघ कार्यालय

‘यस पटकको निर्वाचनप्रति कसैको ‘सिकायत’ रहेन’

काठमाडौं– कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले गत फागुन २१

गृहमन्त्रीको राजीनामा सकारात्मक, विवादबारे निष्पक्ष छानबिन होस् : भीमार्जुन आचार्य

काठमाडौं– संविधानविद भीमार्जुन आचार्यले गृहमन्त्रीको राजीनामा आएपछि सरकार सकारात्मक बाटोमा

रवि-बालेनले सुधनलाई भनेका थिए : हटाउनुभन्दा आफैं मार्ग प्रशस्त गरिदिनू

काठमाडौं– चौतर्फी विवाद भएपछि गृहमन्त्री सुधन गुरुङले राजीनामा दिएका छन्।

गृहमन्त्री गुरुङले राजीनामा दिँदै भने- शेयरसम्बन्धी विवादमा निष्पक्ष छानबिन होस्

काठमाडौं- गृहमन्त्री सुधन गुरूङले पदबाट राजीनामा दिएका छन्। उनले दीपक