८९ यात्रु सवार विमानको चक्काले काम गरेन, रनवेमा घिसारेर पाइलटले गराए अवतरण | Khabarhub Khabarhub

८९ यात्रु सवार विमानको चक्काले काम गरेन, रनवेमा घिसारेर पाइलटले गराए अवतरण


३० बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्यानमार– म्यानमारमा अगाडिको चक्का विना नै पाइलटले सावधानीपूर्वक विमान अवतरण गरेका छन् । म्यानमारको माण्डलेमा रहेको विमानस्थलमा मुलुकको राष्ट्रिय वायुसेवाको विमान अवतरण गर्ने क्रममा अगाडिको चक्काले काम नगरेपछि त्यत्तिकै अवतरण गरिएको हो ।

अवतरण गरिएको एम्बारर १९० विमानभित्र ८९ यात्री रहेको जनाइएको छ । शुरुमा विमान अवतरण गर्ने क्रममा विमान चालक कप्तान म्याट मो ओउङले विमानको अगाडिको चक्काले काम गरे नगरेको निश्चित गर्न विमानस्थलको आकाशमा दुई फन्को लगाएका थिए । तर, विमानको अगाडिको चक्काले काम नगरेपछि जबरजस्ती अवतरण गर्नु परेको थियो । आपतकालीन अवतरण गर्ने क्रममा शुरुमा इन्धनका कारण विमानको वजन कम होस् भन्नाका लागि आकाशमा केही बेर विमान उडाइएको थियो ।

त्यसपछि विमानचालकले निकै होसियारीपूर्वक अवतरण गराउँदा पछाडिका चक्काले जमिनमा छोएको थियो भने पछि अघिल्लो भाग धावनमार्गमा २५ सेकेण्डसम्म घिसारिएको थियो । राजधानी यंगुनबाट माण्डलेका लागि उडेको विमानमा सवार सबै यात्री सुरक्षित रहेको जनाइएको छ ।

प्रकाशित मिति : ३० बैशाख २०७६, सोमबार  ८ : १६ बजे

मनाङमा ‘यार्तुङ’ सुरु

मनाङ – ‘खेतीपातीको उत्पादन राम्रो होस्’ भन्ने कामनासहित हिमाली जिल्ला

‘विश्वले अब गर्मीको लहरसँग बाँच्न सिक्नुपर्नेछ’

एजेन्सी – संयुक्त राष्ट्रसंघ अन्तर्गतको मौसम तथा जलवायु विषयक निकायले

संविधानअनुसार परराष्ट्र नीति सञ्चालन गरिएको गृहमन्त्रीको दाबी

काठमाडौँ – गृहमन्त्री रमेश लेखकले नेपालको परराष्ट्र नीति र अन्तरराष्ट्रिय

इरानले भन्यो – अमेरिकासँग वार्ताबारे निर्णय गर्न समय लाग्छ

एजेन्सी – इरानका विदेशमन्त्री सैयद अब्बास आराघचीले संयुक्त राज्य अमेरिकासँग

पारदर्शी र खुला प्रक्रियाद्वारा जहाज थप गरिँदैछ : मन्त्री पाण्डे

काठमाडौँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल